अर्जुन शाह/ पर्सा/ ६ बैशाख ।
पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं २९ रतनपुर पर्ने नेपाल राष्ट्रिय आधारभूत बिधालयमा विद्यालय स्तरीय बाल क्लव पूर्नगठन कार्यक्रम सम्पन्न भएको छ।
किशोरी संवाद कार्यक्रमकाे आर्थिक तथा प्राबिधिक सहयोग एवम् बिधालय स्तरीय बाल क्लबको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि रूपमा बोल्दै किशोरी संवाद कार्यक्रमका संवाद अधिकृत ” बिद्यालय बाल तथा किशोरी मैत्री बनाएर बिद्यालय वाहिर रहेका बालबालिकाहरुलाई विद्यालय भर्ना गराई तथा अन्य उमेर समुहका बालबालिकाहरुलाई औनोपचारिक कक्षाको व्यवस्था गरि बाल मैत्री स्थानीय शासन अवलम्बनमा जोड दिने बताएका छन ।

स्वास्थ्य सावधानी अपनाउँदै बिधालयले म्युजिकल चेर लगाइतका खेलहरुको समेत आयोजना गरेको थियो। कार्यक्रममा विद्यालय व्यस्थापन समितिका पूर्व अध्यक्ष फरमान अंसारी, सहजकर्ता र विद्यालयका भन्दा २० बाढी बिधार्थीहरु लागायतका उपस्थिति रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

