बर्दघाट,बैशाख ६
पुर्व पश्चिम राजमार्गमा अत्याधिक धुलो उड्दा आजीत बनेका पश्चिम नवलपरासीको बर्दघाट बजारका स्थानिय र ब्यापारीहरुले राजमार्गनै बन्द गरेर विरोध प्रदर्शन गरेका छन् । बर्दघाट नरपालिकाको मुख्य बर्दघाट बजार चोकमै लामो समय देखी राजमार्गमा खाल्डाखुल्डी परेको र कालोपत्रे उप्कीएपछि सवारीसाधन ओहोदोहोर गर्दा निकै धुलो उड्दै आएको छ । राजमार्ग धुलाम्य हुँदा त्यसको नराम्रो असर भने राजमार्गको दाँया बाँया ब्यापार गर्ने ब्यबसायीहरुलाई परेको छ ।
धुलोले पसलमा राखेका सामानहरु खराव हुने र धुलोकै कारण स्वास प्रश्वासमा पनि समस्या हुँदै आएको र स्वास्थ्यमा असर परेकोले बाध्य भएर राजमार्ग अवरुद्ध गर्नुपरेको फेन्सी ब्यबसाय संचालन गर्दै आईरहेका चन्द्र रणपालले बताए । धुलोका कारण समस्या भएपछि पहिले देखिनै नगरपालिका, प्रहरी कार्यालय, सडक विभाग र बुटवल नारायणगढ सडक विस्तारको जिम्मा पाएको कम्पनी चाईना स्टेट कम्पनीको कार्यालयमा समस्या समाधान गर्न आग्रह गरे पनि कुनैपनि निकायबाट सुनुवाई नभएको भन्दै स्थानिय र ब्याबसायीहरु आक्रोसित बनेका हुन् ।
कम्पनीको तर्फबाट विहान साँझ पानी राख्ने काम भए पनि यसले धुलो नियन्त्रण हुन नसकेकोले उप्कीएको ठाउँमा फेरी कालोपत्रे गर्नुपर्ने आफुहरुको माग रहेको ब्यबसायी निर्मलराज पौडेलले बताए । लामो समय देखी समस्याको बारेमा सम्बन्धीत निकायहरुमा जानकारी गराउँदा पनि कहिँ कतै बाट समस्या समाधान हुने अवस्था नदेकोले बाध्य भएर विरोधमा उत्रिनुपरेको पौडेल बताउँछन् । राजमार्ग कालोपत्रे हुनुप¥यो हामी पैसा उठाउन पनि तयार छौं पौडेलले भने । राजमार्गमा विहान साढे ७ बजे देखी साढे ८ बजे सम्म सवारीसाधन रोकाएर स्थानिय र ब्यबसायीहरुले विरोध प्रदर्शन गरेका थिए ।
उनीहरुले बार्ता गर्नका लागि संबन्धीत निकायका प्रतिनिधि र कमपनीका प्रतिनिधि राजमार्गमै आउनुपर्ने अडान लिएका थिए । राजमार्ग अवरुद्ध भएपछि नवलपरासी (बसुप) का प्रमुख जिल्ला अधिकारी धमेन्द्र मिश्रले समस्या समाधानका लागि पहल गर्ने बताएपछि राजमार्ग संचालनमा आएको हो । मिश्र आफै स्थलगत अनुगमनका लागि बर्दघाटमा आएका थिए । मिश्रले आफु भर्खरै मात्र जिल्लामा आएकोले दुई तिन दिन भित्र बस्तुस्थिति बुझेर समस्या समाधानका लागि पहल गर्ने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

