Rashtriya Dainik

कुर्थावलमा बालविवाह बिरुद्ध सडक नाटक सम्पन्न

महेश यादव ,नवलपरासी ६ बैशाख

पश्चिमी नवलपरासीको सरावल गाउपालिकामा एबिसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग र सरावल गाउँपालिकाकाे सहकार्य तथा जनविकास किशोर किशोरी सञ्जालकाे अायाेजनामा बालविवाह बिरुद्ध सडक नाटक कार्यक्रम सम्पन्न भएको छ।

सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्षाता तथा समाजसेवी ,महेन्द्र जनता माध्यमिक बिद्यालयका शिक्षक नागेन्द्र हरिजनकाे प्रमुख अतिथतामा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि हरिजनले सानो उमेरमा नै बालबालिकाहरुकाे बिवाह गरिदिदा उनिहरुकाे भबिस्य नै धरापमा परेको छ। साथै बालविवाह गरे पश्चाताप विभिन्न समस्या र चुनाैतिहरु परेको देखिन्छ । जसका कारण बालबालिकाहरुकाे मानसिक , परिवारिक र बैयवाहित जिवनकाे समस्यामा बाध्य भई अर्थहिन जीवन बिताउनु परेकाे बताउदै बालबालिकाहरुलाई बिहे गर्नु भन्दा शिक्षा अार्जन गराउनु पर्नेमा जाेड दिएका थिए । र बालविवाह अन्त्य गर्न हामी अाफ्नै घरपरिवार र समुदायमा बालविवाह सम्बन्धित जनचेतना जगाई बालविवाह नियुनिकरण गर्नुपर्नेमा जाेड दिदै अायाेजक संस्था लाई धन्यवाद समेत दिएका थिए ।

साे अवसरमा बाेल्दै अध्यक्ष यादवले बालबालिका काे एउटा उपयुक्त उमेर पुगेपछि मात्र बिवाह गर्न मिल्छ । तर हाम्रो समुदायका मानिस तथा बालबालिकाहरुकाे अाफ्नै अामा बुबाले जबर्जस्ती बाल विवाह गरिरहेका छन । जसकारण बालबालिकाहरुकाे पढाइकाे साथ साथ उनिहरुकाे भबिस्य नै खराब भएको छ । र बालविवाह नियुनिकरणकाे लागि हामिले अाफ्नै घरपरिवार , समुदाय , र समाजबाट नै यस्का बिरुद अावाज उठाउनु पर्छ । र बिहे वारि बीस वर्ष पारि भन्ने मुल नाराका साथ बालमैत्री अभियानमा लागि पर्ने बताउनुभयो । साथै बालविवाह नगर्न र गर्ननदिनकाे लागि सम्पूर्ण किशोर किशोरी र अभिभावकहरुलाई अाग्रह गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवी भाेला हरिजन , ललिता यादव , गरिमा कुमारी केवट , लगायत ७० जना किशोर किशोरी र अभिभावकहरुकाे सहभागीता रहेको थियो ।कार्यक्रम सञ्चालन सञ्जालका सचिव तुलसि प्रसाद सहानिले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित