शिवजी मण्डेल, बझाङ
जिल्लाको थलारा गाउँपालिका लाई पूर्णखोप युक्त गाउँपालिका घोषणा गरिएको छ । पूर्ण खोप सुनिश्चितता निरन्तरता तथा दिगोपना भन्ने नाराकासाथ एक कार्यक्रमका बीच पूर्णखोप गाउँपालिका घोषणा गरिएको हो । थलारा गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति संयोजक खडक खड्का प्रमुख अतिथि ,रहनु भएको थियोे । भने स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशी विशिष्ट अतिथि रहनुभएको थियो ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति संयोजक खड्काले जिल्लाका १२ वटै स्थानीय तहलाई पूर्ण खोप युक्त घोषणा गर्दै जिल्ला नै पूर्ण खोप युक्त घोषणा गर्ने योजना रहेको बताए । साथै उहाँले सर्वेक्षणले जन्मे देखि १५ महिना र ६ महिनादेखि २३ महिना भित्रका सबै बालबालिकालाई सबै खोप लगाइएको देखाइएकाले थलारा गाउँपालिकालाई पूर्ण खोप युक्त गाउँपालिका घोषणा गरिएको बताउनुभयो ।

त्यस्तै गाउँपालिका अध्यक्ष उपाध्यायले कार्यक्रममा बोल्दै गाउँपालिकालाई पूर्ण खोप युक्त घोषणा मात्रै नभई छाउगोठ युक्त पोषण युक्त र पूर्ण सरसफाइ गाउँपालिका घोषणा गरिने बताए ।
कार्यक्रममा थलारा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर आलीले थलारा गाउँपालिकामा ७ सय ५ जनाले पूर्ण खोप पाएको प्रत्येक घरधुरीका १५ महिनासम्मका बालबालिकालाई ११ वटा खोप लगाउन महिला स्वास्थ्य स्वयम सेविकाले महत्त्वपूर्ण भूमिका खेलेको कार्यपत्र प्रस्तुत गर्नु भएको थियोे ।
उक्त कार्यक्रममा गाउँपालिकालाई प्रमाणपत्रले सम्मान गरिएको थियोे ।
थलारा गाउँपालिका यसअघि साक्षरता गाउँपालिका घोषणा गरिएको छ ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

