काठमाण्डाै – पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो ।
कुल ७५ सय ४८ परीक्षणको १६ दशमलव ९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षण गरिएका नमुनामध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । साेमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जना मृतकको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।
यस्तै थप दुई सय ५५ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

