Rashtriya Dainik

नक्कली नोट चलाउन खोज्ने तीन जना पक्राउ

बिनोद निगम / नवलपरासी , १२ जेठ

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१ माकरस्थित हाटबजार क्षेत्रमा नक्कली नेपाली नोट चलाउन खोजेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

सोमबार साँझ अन्दाजी ७:३० बजेको समयमा स्थानीय चाउमिन पसलमा अपरिचित व्यक्तिहरुले नक्कली नोट साटेर कारोबार गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दघाट र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा परिवर्तित संकेत नाम जिल्ला ४९ (अ) कुमारी, परिवर्तित संकेत नाम जिल्ला ४९ (आर) कुमारी तथा सरावल गाउँपालिका–५ बडहरा दुबौलिया (छोट्की टोल) निवासी ३८ वर्षीय नगेन्द्र केवट रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट रु. १,००० दरका ६ थान र रु. ५०० दरका ४ थान गरी जम्मा रु. ८ हजार बराबरका नक्कली नोट बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सोम दास ढकालका अनुसार पक्राउ परेकामाथि मुद्रा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी मङ्गलबार नवलपरासी जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित