राष्ट्रिय दैनिक / नवलपरासी १४ वैशाख
स्थानीय शिक्षा क्षेत्रको विकास र विद्यालयको भौतिक पूर्वाधारमा टेवा पुर्याउने उद्देश्यले युवा समाजसेवी दिनेश कुमार कुर्मीले एक विद्यालयलाई विभिन्न सामग्री सहयोग गर्नुभएको छ।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.९ अठलहीमा रहेको ज्ञान ज्योति प्राथमिक विद्यालयलाई भौतिक सुविधा र सहज वातावरण निर्माणका लागि विभिन्न सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो ।
विद्यार्थी तथा शिक्षकहरूको बसाइलाई सहज बनाउन १० थान कुर्सी , गर्मी मौसममा विद्यालयको पठनपाठनलाई अनुकूल र सुविधायुक्त बनाउन २ थान पङ्खा र विद्यालयको आर्थिक भार कम गर्न आगामी ६ महिनासम्म लाग्ने सम्पूर्ण बिजुली खर्च सहयोग गर्नुभएको छ ।
भौतिक अभावका कारण बालबालिकाको सिकाइमा बाधा नपुगोस् र उनीहरूले सहज वातावरणमा पढ्न पाऊन् भन्ने उद्देश्यले मैले यो सानो सहयोग गरेको हुँ सहयोगी कुर्मीले बताउनुभयो ।
विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले सहयोगी कुर्मीलाई धन्यवाद ज्ञापन गर्दै यस्ता नि:स्वार्थ सहयोगले ग्रामीण क्षेत्रका विद्यालयहरूको शैक्षिक स्तर उकास्न र विपन्न बालबालिकाहरूलाई विद्यालयतर्फ आकर्षित गर्न ठूलो मद्दत पुग्ने बताएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, स्थानीय भद्रभलाद्मी तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

