नेपाल–भारत अन्तर्गत पश्चिम नवलपरासीसँग जोडिएका सबै नाका पूर्ण रुपले बन्द भएको छ ।
सिमानाका बन्द हुँदा जिल्लाको सबै भन्दा ठूलो नाका महेशपुर–ठुठीबारी सुनसान बनेको छ । जिल्लासँग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि सोमबार मतदान भएकोले नाका आइतबार देखिनै बन्द भएको हो ।
नाका पूर्ण रुपमा बन्द भएको बताउँदै एक दुई दिनमा खुल्न सक्ने पश्चिम नवलपरासीका सूचना अधिकरी डिएसपी राजु लामाले जानकारी दिनुभयो । उनले नाकाबाट आवतजावत गर्न नपाईने बताउनुभयो । दुवै देशका सुरक्षा निकायको समन्वयमा नाका बन्द गरिएको डिएसपी लामाले बताउनुभयो ।
निर्वाचनका कारणले आईतबार देखिनै महेशपुर–ठुठीबारी बजार सुनसान थियो । औषधी पसलहरु मात्र खुलेका थिए । अति आवश्यक काम रहेकालाई सुरक्षा निकायसँग समन्व गरेर मात्र यात्रा गर्न प्रहरीको आग्रह छ । भारतमा कोरोना भाईरस संक्रमण बढदै जादा भारतिय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ति भारतिय गाउँ पञ्चायतमा निर्वाचन भएपछि सिमावर्ति क्षेत्रमा सुरक्षा गस्ती समेत बढाईएको जनाईएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

