पुरन अधिकारी ,सुनवल
नेपालमा वि.स.१९१० मा दरबार हाइस्कुलबाट औपचारिक शिक्षाको शुरुवात भएको पाइएता पनि शिक्षण प्रविधि आजसम्म पनि पुरानै रहेको छ। इनोभेटिक नेपाल ग्रुपले तयार पारेको शिक्षण सिकाई प्रविधि हाल विश्वका अठार मुलुकका एक सय साठी विधालयहरुले अपनाइरहेको पाइन्छ अब सोही प्रविधि राजधानी बाहिर सर्वप्रथम सुनवल नगरपालिकाले अपनाउन लागेको हो।

my second teacher नाम रहेको सो एकै एप्स बाट कक्षा दसका विधार्थीहरु लाई सम्पूर्ण विषयका विषयगत सिकाईका साथै शिक्षकहरु लाई पनि प्रस्नपत्र निर्माण र विधार्थीहरुको सिकाईको मुल्यांकन गर्न समेत सहज हुने र अगामी वर्षबाट थप कक्षाको पाठ्यक्रमलाई पनि यस प्रविधिमा जोड्दै लाने इनोभेटिक नेपाल ग्रुपका प्रबन्धक सुलभ बुढाथोकीले सहजिकरणको क्रममा जानकारी गराउनुभयो।सुनवल नगरपालिकाका प्रमुख भिम बहादुर थापाको अध्यक्षता रहेको रमवापुर मा.वि.को A ब्लकको हलमा सुनवल नगरपालिका र विधालय व्यवस्थापन समिति संजाल सुनवलले आयोजना गरेको उक्त कार्यक्रममा नगर उपप्रमुख दधिराम अर्याल , आयोजक संजालका सुर्य न्यौपाने , सोही विधालयका अध्यक्ष खड्क बस्नेत ,प्राध्यापक होम नाथ सुवेदी एवं नगर भित्रका सामुदायिक विधालयका अध्यक्ष ,प्रधानध्यापक ,शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षाले नै हरक्षेत्रमा आमुल परिवर्तन ल्याउन सम्भव भएकाले गुणस्तरीय शिक्षाको लागि यो प्रविधि कोशेढुङ्गा साबित हुने र यो नौलो प्रविधि प्रयोगमा ल्याउदा आउनसक्ने समस्याहरुलाई पनि इनोभेटिक नेपाल ग्रुपले हातेमालो गर्दै सहजै निराकरण गर्दै क्रमशः अधिराज्य भरिका विधालयहरुमा संचालनमा ल्याउनका लागि शुभकामना समेत प्रकट गरेका थिए।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

