वीरगंज ६ बैशाख
सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीको सहयोगले वीरगंज भन्सार लगाएत विभिन्न नाकावाट व्यापक रुपमा तस्करी शुरु भएको छ।
केहिदिन पहिला सशस्त्र प्रहरी बल १३ नम्वर गणले ड्राईपोर्टको बहुअरीमा छापा हानि ४५ पोका लत्ताकपडा बरामद गरिपछी सो नाकावाट व्यापक रुपमा तस्करी भईरहेको चर्चाको बिषय बनेको थियो।
तस्करहरुले तस्करीको लाईन पाएको बापत सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरीको बिअोपीका सशस्त्र प्रहरी निरीक्षक मार्फत तस्करहरु संग ८० हजार रुपैया लिएर पनि तस्करी लत्ताकपडा पक्राउ गरेपछि तस्करहरुले रकम दिएको सशस्त्र प्रहरी निरीक्षक संग पैसा फिर्ता मागन गएपछि पैसा फिर्ता नगरे पछि निकै बिवाद भएको नाम नछाप्ने सर्तमा एक तस्करले जनाएका छन्।
त्यसैगरि तिलावे पुलको पारि बिन्दवासिनीको बार्वा नाकावाट अहिले व्यापकरुपमा सशस्त्र प्रहरी बहुअार्वा भठ्ठा बिअोपीको सहयोगले व्यापक रुपमा लत्ताकपडा , हाडयेवर , कुखुरा , चल्ला ,र पेस्टको व्यापकरुपमा तस्करी भईरहेपनि माथिल्लो निकाय मौन रहेको हुनाले शंकाको बिषय बनेको छ।
सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का अाफु इमानदारको ढोल पिटडै हिडे पनि सशस्त्र प्रहरी बिअोपीहरुले तस्करीको लाईन दिने र सशस्त्रका एसपी खडकाले बिअोपी मार्फत ५० हजार देखि १ लाख रुपैया सम्म नजराना बुझदै अाएको नाम नछाप्नने सर्तमा एक तस्करले जनाएका छन्।
नेपाल प्रहरीले तस्करीको लाइनमा कडाइ गरेपछि सिमा सुरक्षाको जिम्मा लिएका सशस्त्र प्रहरीले र उसको मातहतमा रहेको( बिअोपी ) बोर्डर अाउट पोस्टहरुले तस्करीको लाईन दिने गरेपनि नेपाल प्रहरीले धमाधम पक्राउ गरि भन्सार बुझाउने गरेका छन्।
अहिले वीरगंज भन्सारको छेउ छाऊ रहेको नाका छपकैया, भकुवा , श्रिसिया त्यसै गरि पर्साको ग्रामीण भेगमा रहेको , अमरपर्टी , पकाहा, धोरे , सबैठवा , भिस्वा , टिहुकी, महादेवपर्टी , स्वर्णपुर , ठोरी लगाएतका नाकाहरु वाट लत्ताकपडा , हाडयेवर , रजनीगंधा , स्टिलका भाडा बर्तन , इलोकट्रोनीक सामानहरु , गाई भैसी लाएतका सामानहरु तस्करहरुले भारतवाट नेपाल भित्राईरहेका छन् भन्ने भिस्वा र धोरे नाकावाट नेपालवाट भारत तर्फ अवैध रुपमा बालुवा , गिट्टी , र डिजल पेट्रोल सशस्त्र प्रहरीको मिलोमतोमा तस्करी भईरहेको छ।
सशस्त्र प्रहरी उपरीक्षक खड्काले बिअोपी प्रमुखहरु मार्फत तस्करहरु संग मोटो रकम नजराना बुझि अहिले पर्सा जिल्लाभरी तसकरीको लाईन दिएको सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।
सशस्त्र प्रहरी २ नम्बर प्रदेश प्रमुख डिअाईजी चन्दप्रकाश गौतमले तस्करीमा कडाइ गरेपनि सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका र उनको मातहतमा रहेको अधिकारीहरुले निर्देशन विपरीत व्यापकरुपमा तस्करीको लाईन सुचारु गराएको देखिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

