आरपि उपाध्याय / नवलपरासी ,२७ असार
पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा अवैध सामाग्री पिकअप भेनमा लोड गरी ल्याइएको आशंकामा जनप्रतिनिधि सहित स्थानीयले नियन्त्रणमा लिइ त्रिवेणी भन्सारलाई बुझाएका छन।
असार २५ गते राति १० बजेको समयमा ५ को सङ्ख्यामा पिकअप भेन गाउँमा आएको सुचना पाएपछि जनप्रतिनिधि सहित स्थानीयले भेनलाई नियन्त्रणमा लिएको त्रिवेणी भन्सार कार्यालय बुझाएको भन्सार प्रमुख मान बहादुर बि.क. ले जानकारी दिनुभयो।
त्रिवेणी भन्सार कार्यालयमा बुझाइएको पिकअप भेनहरुमा लु१ज३१५८, लु१च९०२२,लु१ज४३८८,लु१ज४४७९ रहेको भन्सार प्रमुख बि.क. ले जानकारी दिएका छन।
पश्चिम नवलपरासीबाट लसुन र मिलन सिड लोड गरी पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ मा रहेको गोदाममा राख्न ल्याइएको सामाग्रीको बैधताबारे अनुसन्धान भइरहेको पनि जानकारीमा आएको छ।
पिकअप भेनमा ल्याइएको लसुन लगायत सामग्रीको प्रारम्भिक अनुसन्धानमा भ्याट र अनलाइन बिल भएपनि भेनमा ल्याइएको सामाग्री कहाँबाट कुन प्रयोजनका लागि सिमावर्ती क्षेत्रमा ल्याइएको विषयमा सूक्ष्म अनुसन्धान पछि नै निष्कर्षमा पुगिने बारे भन्सार स्रोतले जानकारी दिएको छ।
त्रिवेणी भन्सारले दिएको जानकारी अनुसार विनयी त्रिवेणी ६ मा फर्म दर्ता भएको तथा वडा न.७ मा गोदाम दर्ता भएको र गोदाम सम्म उल्लेखित सामाग्री ल्याउन पाउने भएपनि त्यसको अनुसन्धान प्रक्रिया पछि मात्र सामाग्रीलाई नियम अनुसार छोडिने अन्यथा गैरकानुनी भएमा प्रचलित कानुन बमोजिम कारवाहीको लागि प्रक्रिया अगाडि बढाइने पनि बताइएको थियो।
विनयी त्रिवेणी वडा न.६ र ७ मा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बिओपी भएपनि स्थानीयले गाडीमा लोड गरी ल्याइएको अवैध सामाग्री नियन्त्रणमा लिइ भन्सारलाई बुझाउने प्रक्रियालाई सिमावर्ती क्षेत्रमा अर्थपूर्ण मानिएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

