Rashtriya Dainik

सातौं पुण्यतिथिमा पत्रकार महासंघ पश्चिम नवलपरासीद्वारा केशव पराजुलीप्रति भावपूर्ण श्रद्धाञ्जली

आरपि उपाध्याय / नवलपरासी ,२७ असार

नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले शनिबार श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ।

महासंघ पश्चिम नवलपरासी शाखा सभापति केशव पराजुलीको असार २० गतेका दिन निधन भएको सातौं पुण्यतिथीका दिन श्रद्धाञ्जली कार्यक्रम गरिएको हो।

श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले नेपाल पत्रकार संघ नवलपरासी शाखामा योगदान पुर्याउनु भएका पराजुलीको निधनले नवलपरासी शाखाले एउटा होनहार पत्रकार गुमाएको बताउनु भयो।
नवलपरासी पत्रकार संघमा स्वर्गीय पराजुलीले पुर्याउनु भएको योगदान चिरकालसम्म स्मरण गरिने र उहाँलाई उच्च मुल्यांकन गरिने बताउदै वरिष्ठ उपाध्यक्ष आचार्यले स्वर्गीय पराजुलीले पत्रकारिताको क्षेत्रमा देखाउनु भएको बाटोमा हिंड्नु नै उहाँ प्रति सच्चा श्रद्धाञ्जली हुने जिकिर गर्नुभयो।

शाखाका कार्यवाहक सभापति बिकास अधिकारीको अध्यक्षतामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा नेपाल पत्रकार संघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देल, सल्लाहकार घनश्याम बगाले,प्रेस चौतारीका अध्यक्ष गौरीशंकर जैसवाल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका पुर्व उपाध्यक्ष दिपक भट्टराई ,नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखा अध्यक्ष उमेश बि.क लगायत ठूलो सङ्ख्यामा पत्रकारहरुको उपस्थिति रहेको थियो।
श्रद्धाञ्जली समारोहमा स्वर्गीय पराजुलीको श्रीमती,छोरीहरु र आफन्तजनहरुको पनि उपस्थिति रहेकोे पारिवारिक स्रोतले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित