महेश यादव / सुरेश यादव ,नवलपरासी /६ बैशाख
पश्चिम नवलपरासीको बेलासपुर सशस्त्र क्याम्प २६ नं गणका जवान ( घुमुवा) उग्र धोबि परासी देखि बाेडर सम्म तस्करहरुसंग सेटिङ मिलाई हार्डवेयर , कस्मेटिक , माछा , टायल , कुखुरा , कपडा जस्ता माल सामानहरु भारतबाट नेपाल तर्फ तस्करी गराउँदै पैसा उठाउने गरेका छन।

स्थानियद्वारा उनले तस्करसंग पैसाको कुरा गर्दा फोनमा उनको धम्की पुर्ण अवाज रेकर्ड गरिएको छ । जस्मा घुमुवा उग्र धोबिले रु १६०००/- को अबैध माल सामान समातेर उक्त तस्करसंग रु २५००/- लिई छाड्ने गरेका छन् जुन अवाज फोन रेकर्डमा प्रस्ट सुनिएको छ ।

माल सामान समाए पछि भित्र हालदिन्छु भनि ब्यापारीहरुलाई तर्साएर पैसा लिई माल सामानहरु छाडेकाे पाईएको छ भने आफू भन्दा माथिकालाई जानकारी नै नदिकन उनी पैसा उठाएर आफ्नो गाेजि ताताे गर्दै आएका छन् ।

जनताको सुरक्षामा खट्ने प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर कमाउ धन्दामा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले सशस्त्र प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।
अडियो क्लिप्स……………..
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

