Rashtriya Dainik

प्रथम हडाहिया माई गाउँस्तरीय भलिबल प्रतियोगिता शुरु

राष्ट्रिय दैनिक / नवलपरासी ,५ बैशाख

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम हडाहिया माई गाउँ स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।

रामग्राम वडा नम्बर १४ प्रसावल स्थित हडाहिया माई मन्दिरको खेल मैदानमा हडाहिया माई खेलकुद समितिका अध्यक्ष लाल बहादुर चौधरीको अध्यक्ष्यता तथा रामग्राम नगरपालिकाको नगर उपप्रमुख रम्भा कुवँरको प्रमुख अातिथ्यतामा भलिबल प्रतियोगिता सुरु भएको हाे।

कार्यक्रमलाई सम्बाेधन गर्दै रामग्राम नगरपालिका उपप्रमुख कुवँरले खेलाडी भनेका राष्ट्रका गहना हुन्’ त्यसैले खेलाडी र खेल दुबैको सम्मान गर्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे। खेल क्षेत्र समृद्धिको लागि अति आवश्यक रहेको भन्दै, स्थानिय स्तरमा खेलाडीहरु उत्पादन गरि खेल क्षेत्रबाट देशलाई चिनाउने बताउनुभयो । खेल खेलाडीको अभिन्न अंग हो, यसलाई निरन्तरता दिन आग्रह गर्दै, खेलले अनुशासन हुन सहयोग पुर्याउने बताउनुभयो । साथै खेल अनुशासित मर्यादित हिसाबले खेल्नुपर्छ । खेललाई ब्यवसायिक रुपमा लाग्नु पर्ने र खेलकुद प्राेत्साहनका लागि स्थानिय तह लाग्नु पर्छ।खेललाई युवाप्रेमि युवा मैत्री लग्न सकियाे भने एउटा असल नागरिकको उत्पादन गर्न सकिन्छ । खेलकुद जगेर्नाका लागि हामी सम्पुर्ण ब्यक्ति लाग्नुपर्छ । र यश क्षेत्रमा अाफुबाट हुने सहयाेग र साथ हमेशा रहने प्रतिब्धता समेत गर्नुभएको हाे।

त्यस्तै प्रतियोगितामा बोल्दै अध्यक्ष चौधरीले यो कार्यक्रम चैते दसैंको उपल्क्षयमा गरिएको बताउदै अबको दिनमा यो कार्यक्रम हरेक बर्ष गरिने बताउनुभयो ।

श्री हडाहिया माई खेलकुद समितिद्धारा आयोजित खेलकुद हडाहिया माई खेलकुदमा रामग्राम नगरपालिका वडा न: १४ का अध्यक्ष पारस नाथ चौधरी, कार्यपालिका सदस्य चन्द्र कुमारी न्यौपन्ने , सामाजसेबि प्रकाश यादव , रमेश पासी,सामाजसेबि भिमदेव भट्टराई , गंगानाथ कवँर नाथ थारुको लगाएतकाे सहभागीता रहेको थियो ।

प्रतियोगिताको प्रथम हुनेलाई २० हजार रुपैयाँ नगद , दृतिय हुनेलाई १० हजार नगद र तृतीय हुनेलाई ५ हजार प्रदान गरिने अायाेजकले बताएको छ। उत्कृष्ट खेलाडीले मेड्ल तथा प्रामण पत्र प्राप्त गरिने बताइएको छ । कार्यक्रम संचालन के. बि. कवँरले गर्नुभएको थियो ।।।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित