Rashtriya Dainik

बझाङमा एक बालिका मृत अवस्थामा फेला

बझाङ /५ बैशाख

शिवजी मण्डेल बझाङ जिल्लाको दुर्गाथली गाउँपालिकामा एक बालिका मृत अबस्थामा फेला परेकी छन् ।
दुर्गाथली गाउँपालिका वडा नं .३ रकैलकि ११ वर्षिय बालिका अनिता दमाई शनिबारबार साँझ मृत अवस्थामा भेटिएकी हुन् ।
दिउँसो बाख्रा चराउन गएकी बालिका साँझसम्म घर
नफर्किए पछि खोजी गर्दा जंगलमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि जिल्ला प्रहरी कार्यक्रम बझाङले जनाएको छ ।
के कारणले घटना घटेको हो भन्ने बारे जानकारी हुन नसकेको बझाङ प्रहरी निरीक्षक कमल प्रसाद चौधरी बताए ।
अहिले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बझाङ पुर्याएको र भोलि पोस्टमार्टम गरिने घटना के कारणले घटेको हो जानकारी हुने प्रहरी निरीक्षक चौधरीले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित