महेश यादव ,नवलपरासी ५ बैशाख
पश्चिमी नवलपरासीको सरावल गाउपालिकामा समस्यामा अाधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सरावल ६ कुर्थावलमा सम्पन्न भएको छ ।
एविसि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग एवम् सरावल गाउँपालिकाकाे सहकार्य तथा जनविकास किशोर सञ्जालकाे अायाेजनामा समस्यामा अाधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हाे ।
सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्ष्ातामा भएको कार्यक्रम बाेल्दै अध्यक्ष यादवले समुदायमा दिनप्रतिदिन अनेकौं समस्या र घटनाहरु घटिरहेको छ । जसमध्ये हाम्रो समुदायमा बालविवाहकाे समस्या अझ व्यापक रुपमा बढिरहेको अवस्था छ । जसकाे कारण बालबालिकाहरुकाे पढाइ संगसगै भविष्य नै खराब भएको बताए । साथै उहाले यस्ता समस्य समाधान गर्नका लागि हामीले अाफ्नै घरपरिवार , समुदाय बाट बालविवाह विरुद्ध अवाज उठाउन जरुरी छ । र समुदाय , समाजलाई बालविवाह मुक्त गराउन हामी सबैकाे दायित्व रहेको बताउनुभएको थियो ।

साे कार्यक्रममा समाजसेवी बुद्धिजीवी ,अभिभावक र किशोर किशोरीहरुकाे उपस्थितिमा समस्यामा अाधारित अभिभावकहरु संग अन्तक्रिया कार्यक्रममा बालविवाहकाे समस्या दिनप्रतिदिन बढिरहेको र यसका नियुनिकरणलागि सबैले समुदायमा जनचेतना जगाउन अावश्क रहेको अभिभावकहरुले बताएका थिए ।

कार्यक्रममा समाजसेवी बुद्धिजीवी लगायत ५० जना किशोर किशोरी र अभिभावकहरुकाे सहभागीता रहेको थियोे । कार्यक्रम सञ्चालन समाजसेवी राहुल प्रसाद चाैधरीले गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

