उमेश बि.क / नवलपरासी,५ बैशाख
पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा बहुक्षेत्रिय पाेषण याेजना सम्बन्धि समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
सरावल गाउँपालिकाकाे अायाेजना तथा युनिसेफकाे सहयाेगमा गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे अध्यक्षतामा समीक्षा कार्यक्रम सरावल गाउँपालिका वडा नम्बर २ मनरीमा गरिएको हाे।
पाेषण अवस्था सुधार गर्ने उद्देश्यले सन्चालित कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सरावल गाउँपालिकामा वडा नम्बर १ देखि ७ सम्म सन्चालित रहेको छ।

कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चौधरीले यश कार्यक्रमले महिला, बालबालिका, किशोरकिशोरीका लागि फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देश समृद्ध हुन गर्भवती , सुत्केरी आमा र बच्चाको स्याहार गर्नुपर्नेमा जोड दिनुभएको हाे । गर्भावस्थाको ९ महिना अर्थात् २ सय ७० दिन र बच्चा जन्मेको २ वर्ष अर्थात् ७ सय ३० दिनको अवधिलाई सुनौलो हजार दिन (आमा र बच्चाको गोल्डेन डे) भनिन्छ। सुनौलो हजार दिनकाे समयमा बच्चाकाे ८० प्रतिशत मांसिक बिकास भएको हुनाले यस समयमा खानापान तथा स्याहार सुसार गर्न अनुरोध गर्नुभएको हाे। महिला गर्भावस्था भएदेखि बच्चा जन्मेको दुई वर्षसम्म कसरी स्वस्थ रहन सकिन्छ, गर्भवती र सुत्केरी भएका वेला कस्तो खानेकुरा खाने भन्ने कुराकाे बिशेष ख्याल पुर्याउन जरुरी रहेको छ। खानामा गेडागुडी ,हरिया सागसब्जि ,माछा मासु ,फलफूलले यश अवस्थाले बच्चा र अामाकाे स्वास्थ्यमा ठुलाे भुमिका खेल्ने भएकोले खानपिनमा बिशेष ख्याल राख्न अाग्रह समेत गरेका थिए ।

त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकास पाैडेलले महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्य रहेको सुनौला हजार दिन कार्यक्रमले बाल तथा मातृ कुपोषण न्यूनिकरण गर्न मद्दत गर्ने गर्दछ । तसर्थ हजार दिनको संवेदनशील समयमा उचित पोषण र हेरचाह गर्दा बालबालिकाको शारीरिक तथा मानसिक क्षमतामा गहिरो प्रभाव पार्ने उल्लेख गर्नुभयो । पोषण बहुआयामिक विषय भएकाले यसका लागि पनि बहुक्षेत्रीय पहल गर्न आवश्यक पर्ने बताउनु भएको हाे । वहाँले भन्नू भयाे ‘‘यो अभियानले मातृशिशु तथा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउने विश्वास लिएको छु ।’’
सो अवसरमा स्वास्थ्यशाखा प्रमुख अाेम नरायण देवकाेटाले पोषण, खाद्य सुरक्षा तथा सुनौला हजार दिन कार्यक्रम मातृशिशु पोषण स्थितिमा सुधार ल्याउन सरावल गा.पाले बहुक्षेत्रीय पोषण योजना सुरु गरेको छ । अझै पनि आमा तथा बालबालिकाको मृत्युको मुख्य कारण कुपोषण भएकाले उक्त योजनाले आमा र बच्चाको पोषण स्थितिमा सुधार ल्याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा युनिसेफ पाेषण अधिकृत मिना थापा ,वहुक्षेत्रिय पाेषण लुम्बिनी प्रदेश संयाेजक भुमि शर्मा ,वडाका वडा अध्यक्ष , कार्यपालिका सदस्य ,स्वास्थ्य प्रमुख ,कृषि प्रमुख ,पशु प्रमुख ,लेखा प्रमुख ,याेजना प्रमुख लगाएतकाे सहभागीता रहेकाे थियाे।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

