Rashtriya Dainik

वीरगंजको जनता कोेरोनाले त्रास , ईनार्वा चौकी मालामाल

वीरगज ५ गते चैत
वीरगंजको वडा १६ इनार्वा नाकावाट प्रहरी चौकी ईनार्वा मिलोमतोमा व्यापकरुपमा तस्करी शुरु भएको समाचार प्राप्त भएको छ।

छिमेकी मुलुक भारतको रक्सौल बजारवाट लत्ताकपडा , हाडयेवर , जुत्ता चप्पल, रंजनिगंधा , माछा , लगाएतको सामान तस्करहरुले अहिरवाटोला नाका प्रयोग गरि दिन्हु लाखौं रुपैयाको राजशव छलि गरि नेपाल भित्रायाईरहेको प्रत्यक्षदर्शीहरुले यस अनलाइनलाई बताएका छन्।

पर्सा प्रहरी प्रमुख बेलबहादुर पाण्डे अाएको दिन देखिनै तस्करीमा कडाई गरि प्रति महिना करोडौं रुपैयाँको अवैध मालसामानहरु पक्राउ गरि भन्सार बुझाउदै अाउनुभएका छन् ।

पाण्डेले तस्करीमा कडाई गर्ने निर्देशन दिदै अाएपनि ईनार्वा चौका का ईन्चार्ज प्रहरी सहायक निरीक्षक भिम बहादुर पौडेेल घुमुवा दुर्गा अाले हवल्दारलाई परिचाल गरि निर्देशन विपरीत मोटो रकमको नजराना बुझि ईनार्वा गाऊवाट व्यापक रुपमा तस्करीका लाईन सुचारु गराएको प्रहरी स्रोतले जनाएको छ।

सो नाकावाट रातिको समयमा दर्जनो टेम्पु र ठेला प्रयोग गरि लत्ताकपडा , हाडयेवर , सटिङ सुटिङ , त्यसतै २० वटा मोटरसाइकलमा माछा र दर्जनभन्दा वढि साईकलमा कपडा , राजनिवास लगाएतका सामानहरु अवैध रुपले ईनार्वा गाऊको बाटो भई प्रहरी चौकीको मिलोमतोमा वीरगंजको विभिन्न ट्रान्सपोर्टहरु सम्म पुर्याउदै गरेका भिडियो हामी संग सुरक्षक्षित छ।

प्रहरी चौकी ईनार्वाको यस्ता गतिविधि तर्फ सम्बन्धित निकायको समयमै ध्यान जान यति अावशयक देखिएको छ।

✍️✍️✍️k.y ✍️✍️✍️

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित