उमेश बि.क /नवलपरासी ,५ बैशाख
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ७ उजैनीमा प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कंण्डेलले शनिबार डिप ट्यूबेलको शिलान्यास गर्नुभएको छ ।
उर्जा, जलश्रोत तथा सिचाई मन्त्रालय अन्तर्गत सिचाई बिभागमा सांसद कण्डेलको बिशेष पहल तथा सिफारिसमा पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २ का ३ स्थानमा डिप ट्युबेल कार्यक्रम लागू भएको हो ।

प्रतिनिधि सभा सदस्य कंण्डेलले समृद्ध नवलपरासी निर्माणका लागि कृषि क्षेत्रको विकास अत्यावश्यक रहेकोले अाफुले सिँचाईलाई समेत उच्च प्राथमिकता दिएको बताउनुभयो । सिँचाइको सहज सुविधा पुर्याउने उद्देश्यले प्रती योजना ८० लाख लागतमा सिचाइ कार्यक्रम बन्ने उहाँले जानकारी दिनुभयो ।
पश्चिम नवलपरासीमा सिँचाई आयोजना, भूमिगत जलस्रोत परियोजना, डिप ट्युबेल, नदी नियन्त्रण लगाएतको काममा अाफु विशेष पहल गरिरहेकाे जानकारी दिनुभयो ।

यस्तै आयोजना रामग्राम १५ डिघवल र पाल्हीनन्दन ६ सनईमा गरी तीन स्थानमा रहेको सांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझीले जानकारी दिनुभयो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

