Rashtriya Dainik

शुभकामना अादान प्रदान तथा भिते पात्राे विमाेचन कार्यक्रम सम्पन्न

महेश यादव/ नवलपरासी , ४ बैशाख

पश्चिम नवलपरासीमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनकाे नव वर्ष २०७८ सालकाे शुभ अवसरमा शुभकामना अादान प्रदान तथा भिते पात्राे विमाेचन कार्यक्रम सम्पन्न भएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी नवलपरासीकाे अायाेजनामा सम्पूर्ण प्रगतिशील , देशभक्त , बामपंथी तथा जनवादी विद्यार्थी एकजुट हाेअाै भन्ने मुल नाराका साथ शुभकामना अादान प्रदान तथा भिते पात्राे विमाेचन कार्यक्रम बर्दघाट -२ दिब्य ज्याेति बहुमुखी क्याम्पसकाे सभाहलमा सम्पन्न भएको हाे ।

अनेरास्ववियु जिल्ला अध्यक्ष रमेश नेपालीको अध्यक्ष्ाता तथा नेकपा नवलपरासीका जिल्ला ईन्चार्ज र लुम्बिनी प्रदेशका प्रवक्ता माननीय बैजनाथ चाैधरीकाे प्रमुख अतिथता र नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र अधिकारीकाे बिशिस्ट अतिथतामा शुभकामना अादान प्रदान तथा भिते पात्राे विमाेचन कार्यक्रम सम्पन्न सम्पन्न भएको हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि चाैधरीले सांसद बिगठनले गर्दा
पार्टी भित्र अन्तरबिराेध चर्किदै जादा हामिले याे विषम परिस्थितिकाे सामना गर्न अलि कठिन भएको छ । तर पनि बिद्यार्थी कमिटीको सम्पूर्ण बिद्यार्थीहरु एकबब्ध भई पार्टीलाई जाेगाउनु पर्ने र बिद्यार्थी अान्दाेलन सफल पार्न जरुरी रहेको छ । र नेकपा एमाले ,अनेरास्ववियु बिद्यार्थी कमिटीले अाफ्नाे निजि स्वार्थकाे लागि हाेईन कि बिद्यार्थीहरुलाई राजनीति बुझाउन र सिङ्गो देशलाई र देशका नागरिककाे हकहितकाे लागि पार्टी र बिद्यार्थी कमिटी मा एकजुट भई लाग्नुपर्ने बताए । साथै उहाले नेकपा एमाले र अनेरास्ववियु बिद्यार्थी कमिटीले नेता मात्र उत्पादन गर्न नभई एउटा असल नागरिक असल बिद्यार्थी र असल देशभक्त समेत उत्पादन गर्ने कमिटीको रुपमा अनेरास्ववियु बिद्यार्थी कमिटी बुझ्न जरुरी छ । र अहिलेकाे युग ग्लोबलाईजेशन काे युग भएकोले बिद्यार्थीहरुलाई ठुलाे नेता बन्न ,सांसद बन्न, ठुला कार्य गर्न र जागिर खान मात्र नभई देशकाे अगुवा बन्न लाई पढाइकाे अावश्यक्ता भएको ले पार्टीलाई सहयोग गर्नुका साथै पढाइमा समेत ध्यान दिन अाग्रह गर्दै सम्पूर्ण बिद्यार्थी र अनेरास्ववियु जिल्ला कमिटी नवलपरासीलाई शुभकामना सहित धन्यवाद ब्यक्त गर्नुभएको थियो ।

साे अवसरमा बाेल्दै बिशिस्ट अतिथि अधिकारीले अनेरास्ववियुले लामाे इतिहास बाेकेकाे र राष्ट्रिय स्वतन्त्रता ,बिद्यार्थीकाे हकहित लागि अावाज उठाउने र देशकाे अनेकौं कार्यमा सहयोग गर्ने भएकोले अनेरास्ववियु बिद्यार्थी कमिटीलाई अझ एकजुट भएर पार्टीलाई सहयोग गर्नुपर्ने बताए । र नवलपरासी जिल्लामा पछिल्लो समयमा छुटेका बिद्यार्थी साथिहरुलाई पार्टीमा जाेड्दै पार्टि लाई एक ढिक्का बनाएर चट्टानि एकताका साथ पार्टिलाई सहयोग गर्नु पर्ने बताएका हुन । साथै उहाले बिद्यार्थीहरुलाई पढाइका साथ साथै दिनकाे २ घन्टा भएता पनि पार्टिलाई सहयोग गर्ने भन्दै युनियनका सम्पूर्ण बिद्यार्थी कमरेडहरुलाई शुभकामना दिनुभएको थियाे ।

अनेरास्ववियु जिल्ला कमिटी नवलपरासीका सह संयाेजक संजय माैर्यकाे स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष र नेकपा एमाले जिल्ला सदस्य केशव भण्डारी , लुम्बिनी प्रदेश सांसद भगाैति भण्डारी ,सुनवल नगरपालिका उपप्रमुख दधिराम अार्याल , भुमि सम्बन्धि समस्य समाधान अायाेगका अध्यक्ष बिमला अर्याल , प्रगतिशील ईन्जिनियर एसाेसिएसन नेपालका केन्द्रीय सदस्य बिक्रम पाैडेल , बर्दघाट नगरप्रमुख धिरज शर्मा बस्याल लगायतका अतिथिहरुकाे सहभागीता रहेको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित