Rashtriya Dainik

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

४ वैशाख, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मटितेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको हो । गत चैत २२ गते पनि निगमले मूल्य बढाएको थियो ।

अब काठमाडौंको लागि नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय गरिएको छ ।

निगमका अनुसार आन्तरिक उडानको लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरी गरेर ७६ रुपैयाँ कायम गरिएको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ६.७२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ४४ पैसा घाटा छ । ग्यासमा प्रतिसिलिन्डर ४१०.४७ रुपैयाँ घाटा भई १५ दिनमा ७०.६६ करोड घाटा हुने उपाध्यायले बताए  । सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने उनले बताए ।

मूल्य समायोजनपछि पनि भारतीय सीमाको रक्सौलको तुलनामा नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर २९.२३ रुपैयाँ र डिजेल ३५.४१ रुपैयाँ सस्तो रहेको निगमले बताएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित