Rashtriya Dainik

नवलपरासीमा ३ करोड ७१ लाख गैरकानुनी सम्पत्ति आर्जन आरोपमा नापी सर्भेक्षक बिन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ,९ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक बिन्देश्वर साह सुडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका अनुसार सुडीले सरकारी सेवामा प्रवेश गरेदेखि २०८१ जेठ ३२ गतेसम्म आफ्नो तथा परिवारका नाममा अस्वाभाविक सम्पत्ति आर्जन गरेको पाइएको हो।

अनुसन्धानका क्रममा उनको कुल वैध आय ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा रहेको देखिएको छ। तर सोही अवधिमा उनको खर्च तथा लगानी भने ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा पुगेको अख्तियारले जनाएको छ।
वैध आम्दानीको तुलनामा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बढी देखिएको र उक्त रकमको स्रोत खुल्न नसकेको आयोगको दाबी छ।

अख्तियारले उक्त रकमलाई बिगो कायम गरी सोही बराबर जरिवाना, कैद सजाय तथा गैरकानुनी रूपमा आर्जित सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।
यस्तै, गैरकानुनी रूपमा आर्जित सम्पत्तिमध्ये केही श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत राखिएको पाइएको भन्दै आयोगले उनलाई पनि प्रतिवादी बनाएको छ। उनको नाममा रहेको अवैध सम्पत्ति जफत गर्ने प्रयोजनका लागि समेत मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित