राजन कुमार बानिया / पर्सा १० भदौ
जगरनाथपुर गाउँपालिका–१ पाणेपुरस्थित मदरसामा आयोजित निःशुल्क आँखा शिविरबाट १७२ जना लाभान्वित भएका छन्। दाइजो एवं सामाजिक कुरीति विरुद्ध जागरण मञ्चको आयोजना तथा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
मञ्चका अध्यक्ष बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न शिविरमा सामुदायिक आँखा अस्पतालका शिविर संयोजक राजेश चौधरीसहित पिपरडाढी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामलखन चौरसिया, समाजसेवी शिवजी शाह कलवार, पन्नालाल पटेल, शहरुम राउत गद्दी, सोनु मिश्रा, डा. प्रद्युम्न चौधरी, कृष्णा शाहलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
शिविरमा कुल १७२ जनाको आँखा परीक्षण गरिएकोमा ४२ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ। आवश्यकताअनुसार ३८ जनालाई औषधिको ड्रप उपलब्ध गराई घर पठाइएको थियो।
मोतियाबिन्दु देखिएका ४२ जनालाई यही भदौ १३ गते शनिबार वीरगञ्जस्थित सामुदायिक आँखा अस्पतालमा लगेर पूर्ण रूपमा निःशुल्क शल्यक्रिया गर्ने तयारी गरिएको आयोजकले जनाएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

