Rashtriya Dainik

भोटेकोशीको कहर : रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ सय पुग्यो

काठमाडौं ,१० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो विवरणअनुसार बाढीमा परी मृत्यु हुनेको संख्या १ सय पुगेको छ।
बाढीले बगाएर ल्याएका शव रसुवासहित नुवाकोट, धादिङ, चितवन र गोरखाका नदी किनारमा भेटिएका छन्। मृतकको संख्या बढ्दै गए पनि सबै शवको पहिचान भने खुल्न सकेको छैन।
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको ल्हेन्दे खोलाको बाढी भोटेकोशीमा मिसिएपछि रसुवाको टिमुरे, मैलुङलगायत क्षेत्रमा ठूलो क्षति भएको हो।
विपत्तिमा सुरक्षाकर्मीसमेत प्रभावित भएका छन्। प्रहरी तथा सशस्त्र प्रहरीका गरी २८ जना कर्मचारी सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
बाढीले मानवीय क्षतिसँगै सडक, पुल, विद्युत् तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुर्‍याएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी खोजी, उद्धार तथा राहतको काम जारी राखिएको छ।
भोटेकोशीमा आएको बाढीलाई पछिल्लो समयको गम्भीर प्राकृतिक विपत्तिका रूपमा हेरिएको छ। क्षतिको पूर्ण विवरण संकलन तथा बेपत्ताको खोजी जारी रहेकाले मृतक र प्रभावितको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित