Rashtriya Dainik

मुहम्मद जयन्तीमा रक्तदान गर्दै धार्मिक सद्भाव र मानव सेवाको सन्देश

संजय कुशवाहा / नवलपरासी १० भदौ

नवलपरासीमा मुहम्मद जयन्तीको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ प्रतापपुर गाउँपालिका वडा नं. ६ मदरसा मदिनतुल ओलुम विध्यालयको सहयोग तथा मदरसा प्रबर्धन सामाजिक केन्द्रको आयोजनामा आयोजित बृदत रक्तदान कार्यक्रम मंगलबार भएको हो ।

विध्यालय व्यवस्थापन समितिका सदस्य अलसगीर हजामको अध्यक्षता तथा सो वडाका वडाध्यक्ष केशव अधिकारीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि अधिकारीले मन्तव्य राख्दै रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् गन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो । साथै सेवा नै धर्म हो, भन्ने भावले मन्दिरमा गएर पुजा गर्दा मनलाई आनन्द तुल्याउँछ त्यसरी नै रगत दान गर्दा जीवन मरणको क्षणमा रगत मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो पुण्य कर्म ठूलो धर्म हो भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्तदान कार्यक्रममा स्थानीय , शिक्षक, सुरक्षाकर्मी तथा शुभेच्छुकहरु लगायत १५ जनाले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रसले क्लिनिकल तथा चिकित्सकीय सहयोग उपलब्ध गराएको उक्त कार्यक्रममा सहभागी सबै रक्तदाताहरूलाई धन्यवाद स्वरूप प्रमाणपत्र प्रदान गरिने विध्यालयका प्राधानाध्यापक अमिर आजम मियाँले बताए ।

१५०१औँ मुहम्मद जयन्तीको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रमले धार्मिक सद्भाव, सामाजिक एकता तथा मानव सेवाको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित