रामु भुसाल,
प्रेस चौतारी नेपाल जिल्ला शाखा पश्चिम नवलपरासीको आयोजनामा नव बर्ष २०७८ को अवसरमा शुभकामना आदान प्रदान एवं नेपाल पत्रकार महासंघ जिल्ला शाखामा निर्वाचित नँया नेतृत्वलाई सम्मान कार्यक्रम शनिबार सुनवलमा रहेको बाबा बर्दगोरीया धामको प्राङगणमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपालका जिल्ला संयोजक मोहन पौडेलको अध्यक्षता एवं लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारी र लुम्बिनी प्रदेश सभा सदस्य भगवती भण्डारीको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्लाका सबै मिडियाहरुको तर्फबाट रेडियो परासीका अध्यक्ष सुमन गोपाल आचार्य सबै मिडिया संगठनहरुको तर्फबाट प्रेस संगठन नवलपरासीका जिल्ला संयोजक घनश्याम पोख्रेल, उघोग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, भुमि सम्बन्धि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष बिमला अर्याल लगायतले मनतव्य राख्नु भएको थियो । सो कार्यक्रमको उद्धेश्य माथी प्रेस चौतारीका प्रदेश सदस्य एवं महासंघका पुर्व सभापति केशव पराजुलीले प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा महासंघका सबै निर्वाचित पदाधिकारी हरुलाई सम्मान समेत गरिएको थियो ।

सो अवसरमा नेकपा एमाले निकट विभिन्न भातृ संगठनका प्रमुख वा प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि र जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रेस चौतारीका पुर्व जिल्ला संयोजक बेनी माधव बस्यालको स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन प्रेस चौतारीका जिल्ला सह संयोजक कुश्माकर ढकाल कृष्ण ले गर्नु भएको थियो ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

