जितपुर ४ बैशाख
पिसफोर दलितस फाउन्डेसन नेपाल , प्रदेश -२, को आयोजना पर्सा जिल्लाको जिराभवानी गाउँपालिका वडा-३, जितपुर सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरण तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ।
दलित समुदायको समस्या , दलित समुदायको अधिकारको लागि संघर्ष गर्न आवश्यक देखिएको छ। गाउँपालिका बाट दलित समुदायले अहिलेसम्म सेवा सुबिधा नपाएको दलित समुदायको गुनासो रहेकोे छ।
नेपाल सरकारले दिएको सेवा सुबिधा , हाम्रो अधिकार गाउँपालिकाले दबाएर , लुकाएर राखेको दलित अगुवाले भन्नू हुन्छ।
दलित समुदाय लाई अहिलेसम्म अछुत बनाएर गाउँको गैरदलितले राखेका छ्न। हामी आवाज विहीनको आवाज बन्नु पर्छ एक दलित अगुवा भन्नू हुन्छ । हामी अब चुपचापले हुदैनन् । हाम्रो पुर्खाले पनि दमन अत्याचार , शोषण र गुलामी सहेका छन तर हामीले अब हामिले प्रतिकार गर्छौं । जितपुर गाउँको दलित महिला सुनरकलिया देवीले भन्नू भयो कि हामी संग विभेद गरिएको छ र शिक्षामा जोड दिनु पर्यो।
विरुद्धमा दलित समुदायको माथि भैइरहेको हिंसा , हत्या , विभेदको विरुद्ध आवाज उठाउन यो दलित दबाब समुह गठन गरिएको छ। दलित माथिको जातीय विभेद , छुवाछूत , सामाजिक विभेद , अन्याय , अत्याचार , दमन शोषण असमानता कायम नै रहेकोे छ। गैर दलितले अहिलेसम्म दलितलाई मानव मानेका छैन।

गाउँपालिका / वडाले अहिलेसम्म दलित समुदायको लागि खासै केही गरेको छैन। गाउँपालिकाको बजेट, निति तथा कार्यक्रममा दलित सवाल , अधिकारलाई समाबेश गरिएको छैन । सामाजिक आन्दोलन गर्ने तयारी पनि गरिएको छ।आन्दोलन गर्ने छौँ ।
सामाजिक रुपान्तरणको लागि दलित समुदाय सशक्तीकरणको लागि तथा दलित अधिकारको लागि दलित दबाब समुह गठन गरिएको छ। गठन गरिएको दलित दबाब समुह संयोजकको जितेन्द्र कुमार राम संयोजकत्वमा ११ सदस्यीय समुह गठन गरिएको छ। समुहमा स- संयोजक फुला देवी राम, मोहपती देवी , रामलिला राम, रामकिशुन राम सुनकाली देवी शंकर पासवान , ललिता देवी , श्रीकान्ती देवी , सोसिता देवी , सुगी देवि लगायत रहेको छ्न।
पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम , पिसफोर दलितस फाउन्डेसन नेपालको उपाध्यक्ष चन्द्रकिशोर राम , सचीव दीपेन्द्र कुमार राम, सदस्य सुरेन्द्र पासवान , सदस्य परमान्द राम , दलित अगुवाहरु शिव राम र जयलाल राम लगायतको सहभागिता रहेकोे छ।
यस संस्थाको पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष दलित सामाजिक अभियान्ता मनोज राम ज्युले जानकारी दिनु भएको छ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

