Rashtriya Dainik

थलारामा सुख्खा खडेरीले तुलबालीमा भएको क्षतिको सूचना संकलन गरिदै

शिवजी मण्डेल /३ बैशाख

बझाङ: यस वर्ष सुख्खा खडेरीले तुलबालीमा परेको क्षति र असर प्रभाव बारेमा सूचना संकलन गर्न एक टोली थलारा गाउँपालिकामा हिडेको छ ।
टोलीले वैशाख ३ गते पाराकाट्नेको धामीगाउँ साथै डिख्ला गाउँका स्थानीय समुदाय सँग भेटघाट र छलफल गरि खडेरीले तुलबालीमा परेको क्षतिको बारेमा जानकारी लिएको हो ।
किसानहरू सँग छलफल गर्दा यस वर्ष सुख्खा खडेरीले उत्पादनमा धेरै क्षति भएको र भोकमरी हुनसक्ने किसानहरूले चिन्ता व्यक्त गरेका छन् ।
टोलीले स्थलगत तुलबालीको अनुगमन तथा समुदाय सँग भेटघाट गर्दा यस वर्ष गहुँ र जौ मा करिब ९० % क्षति भएको देखिएको छ ।
खडेरीले खाद्य बालीमा परेको क्षतिका बारेमा सूचना संकलन गर्न सुदूरपश्चिम खाद्य अधिकार संजालका संयोजक बल बहादुर रोकाया बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक जगदीश रोकाया थलारा एफएमका प्रबन्ध निर्देशक पदम खड्काको टोली सूचना संकलनमा रहेको छ ।
टोलीले बैशाख ४ गते डिख्लाका स्थानीय समुदायका मानिसहरू सँग तुलबालीमा भएको क्षतिका बारेमा जानकारी लिने छ , भने दंगार्जीको बगाडा थापा गाउँमा पनि यस वर्ष खडेरीले तुलवालीमा भएको क्षतिको बारेमा सूचना संकलन गरिने बझाङ जिल्ला खाद्य अधिकार संजालका संयोजक रोकायाले बताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित