Rashtriya Dainik

बिरगंजवासी कोरोनाको त्रासमा, प्रहरी प्रशासन कमाइ धन्दामा

वीरगंज, ३ बैशाख। नेपालकै आर्थिक राजधानीको रूपमा मानिने र मुलूककै प्रमुख प्रवेशद्वारको रूपमा रहेको बिरगंज भन्सार अगाडीबाटै सेटिङ्गको माध्यमका साथ साथै टेम्पू, टाउको र ठेलाको माध्यमले तस्करी कार्य सुचारू भएको छ । बोर्डर आउट पोस्ट भन्सार, स्थानीय प्रहरी चौकीका साथ साथै स्क्वाड टोलिले समेत लाखौ रूपैया नजराना बुझे पश्चात् तस्करीको कार्य सुचारू भएको हो ।
आफ्नो मुलूकको सुरक्षाको निम्ति सीमामा खटेका सशस्त्र प्रहरीको टोलिले आर्थिक प्रलोभनमा परि आफ्नो मुलूक सङ्गै गदारी गर्दै आएको बारे यो सबै कार्यले प्रमानित गरेको छ । सीमामा खटिएका सशस्त्र प्रहरी र शान्ती सुरक्षाको निम्ति खटिएका नेपाल प्रहरीलाई लाखौ रूपैया नजराना बुझाइ सके पश्चात् बिरगंजको इनर्वा हुँदै कपडा र कवाडको काम पुन: सुचारू भएको छ । रातिको समयमा करीब २ सय भन्दा बढी ठेलाको माध्यमले कवाड भारत पुग्ने गरेको र भारतबाट नेपाल करीब ८० देखि १०० वटा साइकलमा कपडा नेपाल भित्रिने गरेको पाइएको छ ।
देश सेवाको निम्ति खटिएका प्रहरीहरू आफ्नो आर्थिक सेवामा लागेको बारे यी सबै कार्यले प्रष्ट पारेको छ । नेपालमा बढ्दै गएको कोरोना भाइरसको त्रासमा नेपाली जनता बिताइरहेकै बेला सीमामा खटिएका प्रहरीहरू सीमालाइ आफ्नो कमाइ खाने भाडो बनाएको बारे छर्लङ्ग भएको छ । आफ्नो स्वार्थ बोकेर ड्युटी गरिरहेका सशस्त्र र नेपाल प्रहरीले यस्तो समयमापनी अबैध क्रियाकलाप नरोके आउनेदिनमा कोरोना नसर्न भन्न सकिन्न । तसर्थ मुखदर्शक बनेर बसेका द्वय डिआइजीको ध्यान जान अति अवाश्यक देखिन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित