कोरोना संक्रमित पत्रकार दम्पतीको आत्मविश्वास ‘हामी होम आइसोलेशनमा छौ, छिट्टै संचारकर्ममा फर्किन्छौ’

कोरोना संक्रमित पत्रकार दम्पतीको आत्मविश्वास
‘हामी होम आइसोलेशनमा छौ, छिट्टै संचारकर्ममा फर्किन्छौ’
पुष्पा गिरी
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पत्रकार रवि पाण्डेय र उहाँकी धर्मपत्नी एंव पत्रकार लक्ष्मी घिमिरेलाई कोरोना संक्रमण भएको छ । पश्चिम नवलपरासी बर्दघाट–४ शान्तिनगरस्थित आवास सहितको कार्यालयमा उहाँहरु श्रीमान श्रीमति दुवै जना होम आइसोलेशनमा हुनुहुन्छ ।
जिल्लाकैै पहिलो दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिक , स्थानीय पत्र साप्ताहिक र स्थानीयपत्र डटकम अनलाइन संचालन गर्दै आउनुभएका पत्रकार पाण्डेय ती प्रकाशनहरुको प्रबन्ध निर्देशक र घिमिरे ब्यवस्थापकका रुपमा क्रियाशिल हुनुहुन्छ ।
‘असोज ३० गतेबाट अलि संन्चो नभएको महसुस भयो, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सामान्य रुघाखोकीको औषधि प्रयोग गरियो , तर पनि थप सर्तकता सहित संचारकर्ममा गरिरह्यौ ’ – पत्रकार पाण्डेयले भन्नुभयो– ‘ औषधिले मेरो ज्वरो भने रोकियो तर ज्यान दुख्न भने छोडेन त्यसपछि कार्तिक ३ गते स्थानीय ल्याबमा रगत परिक्षण गर्दा टाइफाइड देखियो । टाईफाईडको औषधिबाट निको भएन ’
टाइफाइडको औषधि प्रयोग गरिरहदाँ कार्तिक ४ गते पिसिआर परिक्षणका लागि स्वाव दिएर आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । स्वाव परिक्षणबाट मेरो पोजेटिभ परिणाम आयो’ – उहाँले सुनाउनुभयो – ‘त्यसपछि कन्ट्रयाक टे«सिङ गर्दा उनलाई ( श्रीमती लक्ष्मी घिमिरे ) पोजेटिभ देखियो ।’आफूलाई कहाँबाट कारोना संक्रमण भयो भन्ने यकिन गर्न नसकेको पाण्डेयको भनाई छ । भौतिक दुरी त कायम गरेकै थिए , कहाँबाट संक्रमण भयो पत्तै पाएको छैन –पाण्डेयले जानकारी दिनुभयो ।

दुईवटै घरबाट एकएक जनाको कन्ट्रायाक टे«सिङ गर्दा एकजना मेरो पोजेटिभ र एक जनाको नेगेटिभ रिर्पाेट आएको लक्ष्मी घिमिरेले जानकारी दिनुभयो । उहाँलाई ( रवि पाण्डेय ) सन्चो नहुने लक्षण देखियो । – उहाँले भन्नुभयो– सतर्कता सहित छोराछोरीलाई हजुरआमा तथा अंकलसंग सुरक्षित राख्न पठाएका थियौ । त्यसैले थपमा विस्तार हुन पाएन । दशैंको बेला सबै परिवार बसेर खानपिन गर्न समेत नपाउदाँ बेखुसी लागेको घिमिरेले बताउनुभयो । ‘दशैको बेला बिदाँ पनि छ । अफिसका सबैजनालाई बिदाँ दिइएको छ सबै कर्मचारीको यस अघि नै कोरोना बिमा समेत गरिदिएका थियौ’ – न्यु भिजन मिडिया प्रालिकी ब्यवस्थापक समेत रहनुभएकी घिमिरेले सुनाउनुभयो – ‘हामी दुवै जना होम आइसोलेशनमा छौ । सबै सुरक्षित हुनुस भनेर कर्मचारीलाई समेत भनेका छौ । हामीले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मापदण्ड पूरा गरेर बसेका छौ । ’दुवै जनालाई जिउ दुख्ने बाहेकको कुनै पनि लक्षणहरु नदेखिएको उहाँले जानकारी दिनुभयो । कमजोर भएको महसुस त भएकै छ तर रुघाखोकी ज्वरो छैन –घिमिरेले भन्नुभयो ।
धेरै जना शुभेच्छुकहरुबाट आएको सुझावहरुले थप आत्मबल बढेको घिमिरेको भनाई छ । दशैंका बेला एक्लै बस्दाँ नियास्रो लागेको छ –उहाँले भन्नुभयो– ‘ तर छिट्टै निको भएर काममा र्फकन्छौ ।’

त्यस्तै समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै साँघुरो रहेको उहाँहरुको अनुभव छ । परिवारमा एकजनालाई कोरोना पोजेटिभ देखियो भने अन्य सदस्यहरुले पनि सामान्य भन्दा सामान्य औषधि उपचार पनि नपाउने अवस्था छ , स्वास्थ्य क्षेत्रमम त यस्तो छ भने सर्वसाधारणको दृष्टिकोण कसरी फराकिलो होला – पाण्डेय दम्पतीको गुनासो छ । पत्रकार पाण्डे नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका शाखा कोषाध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै घिमिरे क्रान्तिकारी पत्रकार महासंघको जिल्ला कोषाध्यक्षमा सक्रिय हुनुहुन्छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot