कोरोना संक्रमित पत्रकार दम्पतीको आत्मविश्वास ‘हामी होम आइसोलेशनमा छौ, छिट्टै संचारकर्ममा फर्किन्छौ’ पुष्पा गिरी क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक समेत रहनुभएका पत्रकार रवि पाण्डेय र उहाँकी धर्मपत्नी एंव पत्रकार लक्ष्मी घिमिरेलाई कोरोना संक्रमण भएको छ । पश्चिम नवलपरासी बर्दघाट–४ शान्तिनगरस्थित आवास सहितको कार्यालयमा उहाँहरु श्रीमान श्रीमति दुवै जना होम आइसोलेशनमा हुनुहुन्छ । जिल्लाकैै पहिलो दैनिक पत्रिका बर्दघाट पोष्ट दैनिक , स्थानीय पत्र साप्ताहिक र स्थानीयपत्र डटकम अनलाइन संचालन गर्दै आउनुभएका पत्रकार पाण्डेय ती प्रकाशनहरुको प्रबन्ध निर्देशक र घिमिरे ब्यवस्थापकका रुपमा क्रियाशिल हुनुहुन्छ । ‘असोज ३० गतेबाट अलि संन्चो नभएको महसुस भयो, स्वास्थ्यकर्मीको सल्लाह बमोजिम सामान्य रुघाखोकीको औषधि प्रयोग गरियो , तर पनि थप सर्तकता सहित संचारकर्ममा गरिरह्यौ ’ – पत्रकार पाण्डेयले भन्नुभयो– ‘ औषधिले मेरो ज्वरो भने रोकियो तर ज्यान दुख्न भने छोडेन त्यसपछि कार्तिक ३ गते स्थानीय ल्याबमा रगत परिक्षण गर्दा टाइफाइड देखियो । टाईफाईडको औषधिबाट निको भएन ’ टाइफाइडको औषधि प्रयोग गरिरहदाँ कार्तिक ४ गते पिसिआर परिक्षणका लागि स्वाव दिएर आइसोलेशनमा बसेको उहाँले बताउनुभयो । स्वाव परिक्षणबाट मेरो पोजेटिभ परिणाम आयो’ – उहाँले सुनाउनुभयो – ‘त्यसपछि कन्ट्रयाक टे«सिङ गर्दा उनलाई ( श्रीमती लक्ष्मी घिमिरे ) पोजेटिभ देखियो ।’आफूलाई कहाँबाट कारोना संक्रमण भयो भन्ने यकिन गर्न नसकेको पाण्डेयको भनाई छ । भौतिक दुरी त कायम गरेकै थिए , कहाँबाट संक्रमण भयो पत्तै पाएको छैन –पाण्डेयले जानकारी दिनुभयो । दुईवटै घरबाट एकएक जनाको कन्ट्रायाक टे«सिङ गर्दा एकजना मेरो पोजेटिभ र एक जनाको नेगेटिभ रिर्पाेट आएको लक्ष्मी घिमिरेले जानकारी दिनुभयो । उहाँलाई ( रवि पाण्डेय ) सन्चो नहुने लक्षण देखियो । – उहाँले भन्नुभयो– सतर्कता सहित छोराछोरीलाई हजुरआमा तथा अंकलसंग सुरक्षित राख्न पठाएका थियौ । त्यसैले थपमा विस्तार हुन पाएन । दशैंको बेला सबै परिवार बसेर खानपिन गर्न समेत नपाउदाँ बेखुसी लागेको घिमिरेले बताउनुभयो । ‘दशैको बेला बिदाँ पनि छ । अफिसका सबैजनालाई बिदाँ दिइएको छ सबै कर्मचारीको यस अघि नै कोरोना बिमा समेत गरिदिएका थियौ’ – न्यु भिजन मिडिया प्रालिकी ब्यवस्थापक समेत रहनुभएकी घिमिरेले सुनाउनुभयो – ‘हामी दुवै जना होम आइसोलेशनमा छौ । सबै सुरक्षित हुनुस भनेर कर्मचारीलाई समेत भनेका छौ । हामीले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम मापदण्ड पूरा गरेर बसेका छौ । ’दुवै जनालाई जिउ दुख्ने बाहेकको कुनै पनि लक्षणहरु नदेखिएको उहाँले जानकारी दिनुभयो । कमजोर भएको महसुस त भएकै छ तर रुघाखोकी ज्वरो छैन –घिमिरेले भन्नुभयो । धेरै जना शुभेच्छुकहरुबाट आएको सुझावहरुले थप आत्मबल बढेको घिमिरेको भनाई छ । दशैंका बेला एक्लै बस्दाँ नियास्रो लागेको छ –उहाँले भन्नुभयो– ‘ तर छिट्टै निको भएर काममा र्फकन्छौ ।’ त्यस्तै समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोण निकै साँघुरो रहेको उहाँहरुको अनुभव छ । परिवारमा एकजनालाई कोरोना पोजेटिभ देखियो भने अन्य सदस्यहरुले पनि सामान्य भन्दा सामान्य औषधि उपचार पनि नपाउने अवस्था छ , स्वास्थ्य क्षेत्रमम त यस्तो छ भने सर्वसाधारणको दृष्टिकोण कसरी फराकिलो होला – पाण्डेय दम्पतीको गुनासो छ । पत्रकार पाण्डे नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका शाखा कोषाध्यक्ष समेत हुनुहुन्छ । त्यस्तै घिमिरे क्रान्तिकारी पत्रकार महासंघको जिल्ला कोषाध्यक्षमा सक्रिय हुनुहुन्छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।