Rashtriya Dainik

घोडदौड पिपरामा गहुमा अागलागी हुदा २ बिगहा गेहुबाली जलेर नष्ट

राजन कुमार बानिया
पर्सा २९ चैत । पर्साको धोबिनी गाउँपालिका वडा नम्बर १ घोडदौड पिपरामा गहुको केदुवा जलाउन लगाइएको आगोले गर्दा २ बिगहामा लगाइएको गेहुबाली जलेर नष्ट भएको छ ।
आइतबार साजको ४ बजेको समयमा अमिरका साह रौनियारले आफ्नो खेतको केदुवामा लागाएको आगोले गर्दा स्थानिय मथुरा प्रसाद कुर्मीको गेहुबाली जलेर नष्ठ भएकाे हाे ।

आगो सल्केर लगातार बढीरहेको अवस्थामा स्थानियहरु देखेपछि होहल्ला गर्दा सशस्त्र प्रहरी बेस क्याम्प भिखमपुर, प्रहरी चौकी जान्कीटोला र स्थानीय हरुको सहयोगमा आगो नियन्त्रणमा लिएको सशस्त्र प्रहरी भिखमपुर क्याम्पका सशस्त्र प्रहरी निरीक्षक किशमान तामाङले बताए ।

आगो नियन्त्रणमा आउँदा ५ बिगहा भन्दा बढी गेहु बाली जोगिन सफल भएको स्थानिय सन्तोष पटेलले वताए ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित