उत्तम कुमार थापा
नेपाली काङ्ग्रेसका युवा नेता राेकाया सुदुरपश्चिम प्रदेशको शिक्षा विभाग प्रदेश सदस्यमा मनाेनयन हुनुभएको छ ।
बझाङ जिल्लाकाे खप्तड छान्ना गाउँपालीका वडा नम्बर ४ माझिगाउमा जन्मनु भएका दयाराम राेकाया प्रदेश सदस्यमा मनाेनित हुनुभएको हाे ।

राेकाया विगत लामाे समय देखि राजनीति पेशा सँगसँगै समाजसेवीका रुपमा पनि चिन परिचित हुनुहुन्छ । उहाले लामो समय देखि दुखि पिडतकाे विषयमा अावाज उठाउदै धेरै गरिव वर्गहरुलाई पनि सहयाेग गर्नुभएको पाईन्छ भने मित्र राष्ट्र भारतमा रहेकाे बझाङ भारत सम्पर्क समितिका अध्यक्ष पनि रहनुभएकाे छ ।

सुदुरपश्चिम प्रदेश शिक्षा विभाग सदस्यमा नेपाली काङ्ग्रेसका नेताले उहालाई सम्मान गर्दै स्वागत गरेको स्राेतले बताएको हाे । राेकायालाई नेपाली काङ्ग्रेस शिक्षा विभाग हरिप्रसाद नेपाल प्रमुखले हस्ताक्षर गरेकाे छ । उनलाई यस अवसरमा अमुल्य भुमिका खेल्नुहुनेछ भन्ने हेतुले अगाडि बढाएको जनाएको हाे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

