Rashtriya Dainik

लुम्बिनी आवाज डटकमको उत्कृष्ट पत्रकारमा पश्चिम् नवलपरासीका सागर पौडेल सम्मानित

पत्रकार सागर पौडेल लुम्बिनी आवाज डटकमको उत्कृष्ट पत्रकारमा सम्मानित हुनु भएको छ ।
पश्चिम् नवलपरासीको सुनवलमा रहेर पत्रकारिता गर्दै आउनु भएका पत्रकार पौडेल लाई आज सम्मान गरेको हो।

काठमाडौमा केन्द्रिय कार्यलय रहेको लुम्बिनी आवाज डटकमले लुम्बिनी प्रदेशको जिल्ला अर्घाखाँचीको सन्धिखर्कमा शाखा कार्यलय बनाएर देशै भरीको समाचार सम्प्रेषण गर्दै आएको छ ।
लुम्बिनी टाईम्स प्रा. लि. द्वारा संचालित लुम्बिनी आवाज डटकमको २०७८ सालको क्यालेन्डर बिमोचन, नेपाल पत्रकार महासंघ अर्घाखाँची साखाका नव निर्वाचित पत्रकार महासंघका पदाधिकारीहरु सम्मान कार्यक्रम तथा नया वर्षको शुभकामना आदनप्रदान कार्यक्रमको अबसरमा उहाँ लाई सम्मान गरिएको हो

पश्चिम् नवलपरासी मा रहेर पनि सत्य तथ्य कलम चलाएर लुम्बिनी आवाज डटकम लाई अग्र स्थानमा ल्याउन अहम भुमिका खेलेको भन्दै पत्रकार पौडेल लाई खादा ओढाई प्रशंसा पत्र प्रदान गरेर सम्मानीत गरीएको थियो ।

२०७३ साल देखि नेपाली पत्रकारितामा कलम चलाउदै आउनु भएका पौडेल नेपाली लोकदोहिरी गितका नव सर्जक , सामाजिक अभियान्ता , साहित्यक क्षेत्रमामा कलम चलाउदै आउनुभएको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित