उत्तम कुमार थापा
नेपाल पत्रकार महासँघ बझाङ शाखाले डिएसपी खड्का लाई सम्मान गरेको छ ।
नेपाल पत्रकार महासँघकाे २६ अाैँ महाधिवेशनकाे अवसरमा जिल्लाकाे शान्ति सुरक्षालाई निकै प्रभावकारी बनाएकाे भन्दै बझाङ जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रुपक खड्कालाई बधाई सहित प्रमाणपत्रले सम्मान गरिएको हाे ।
पत्रकार महासँघ बझाङ शाखाका नव निर्वाचित पदाधिकारीहरु पदाधिकारीहरुलाई सम्मान सहित सफत ग्रहण गर्ने कार्यक्रममा पछिल्लो समय जिल्लामा शान्ति सुरक्षा निकै अव्वल भएको र प्रहरी मेराे साथि मुस्कान सहितको प्रहरी निकै प्रभावकारी भएको भन्दै अकाेरावका सुदुरपश्चिम अध्यक्ष जगत खड्का पत्रकार महासँघ बझाङका पुर्व अध्यक्ष जगदीश राेकाया लगाएत सिङ्गो पत्रकार महासँघले स्वागत गरेकाे थियाे । पछिल्लो समय जिल्लामा घटेका घटनाहरु छिटो पत्ता लगाएको र स्वतन्त्र रुपमा काम गरेको घटेका घटनाकाे सत्यतथ्य छानवीन गरेकाे भन्दै पत्रकारहरु जिल्लाकाे सुरक्षा देखि निकै खुसि देखिए पछि सम्मान गरिएको हाे । डिएसपी खड्काले भने अागामि दिनमा पनि जिल्लाकाे सुरक्षा र जनता विच निकै हातेमालो हुने बताए ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

