पुजा लम्साल, सुनवल
देशका लागि आहुति दिएका सहिद हरुको बारेमा अभिलेख राख्न पश्चिम नवलपरासीमा संग्रालय निर्माण गरिने भएको छ।
सुनवल ५ बनकटी स्थित सहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठान परिसर मा संग्रालय निर्माण गरिने भएको हो । संग्रहालयको आज एक कार्यक्रमका बिच सिलान्यास पनि गरिएको छ।सुनवल नगरपालिका का कार्यपालिका सदस्य कोष को रु ४३ लाखको लागत मा निर्माण हुने संग्रालाएको सुनवल नगरपालिका का ८ जना कार्यपालिका सदस्य ले संयुक्त रूपमा संग्रलाएको सिलान्यास गर्नु भएको हो ।

कार्यक्रम मा प्रमुख अतिथि नगर प्रमुख भीम बहादुर थापा ले राष्ट्रिय स्तरको कार्यक्रम भएको हुनाले देशका सहिद हरुको प्रतिमा झल्किने गरी संग्रालय निर्माण गरिने बताउनु भयो। सो अवसरमा नगर उप प्रमुख दधिराम अर्याल,कार्यपालिका सदस्य अर्जुन सुनार लगायत ले आ आफ्नो भनाई राख्नु भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष प्रेम न्यौपानेको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव दुर्गा नारायन सुवेदीले गर्नु भएको थियो। संग्रहालयको चालू आर्थिक वर्ष भित्रै निर्माण सक्ने लक्ष्य लिइएको छ । संग्रलाएमा २०६२/६३ का सहिद हरुको बारेमा अभिलेख राखिने जनाइएको छ ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

