Rashtriya Dainik

‘फटाह फणिन्द्रे’चलचित्रमा संगीत गर्दै सन्तोष राज साहनी


काठमाडौंँ । फिल्म ‘फटाह फणिन्द्रे’ निर्माण हुने भएको छ । केही वर्ष अगाडिको चर्चित फिल्म ‘तोरी लाहुरे’ र ‘नेप्टे ’का चर्चित संगीतकार सन्तोष राज साहनीले यस चलचित्रामा संगीत गर्न लागेका हुन् ।

निर्माता अरुण खड्काले फिल्मको मुख्य भुमिकाका लागि कर्मासँगै अभिनेत्री छुल्ठिम.डि गुरुङ र रोहित रुम्बालाई अनुबन्धित गरे ।

केही अगाडि घोषणा भएको यो फिल्मको मुख्य भुमिकाको लागि यस अगाडि सुस्मा कार्की चयन भएकी थिइन् । फिल्मका अन्य कलाकार भने छनौटको क्रममा रहेका छन् ।

श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मको प्रस्तुतकर्ता सुनिल मानन्धर रहेका छन् ।

विक्रम सिंह गुरुङ निर्माता र नेत्र बिष्ट कार्यकारी निर्माता रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द, विपिन मल्लको सम्पादन र ईश्वरलाला सिंकेमनको छायाँकन रहनेछ ।

सन्तोष राज साहनीको संगीत,उतक केसीको कथा ,फिल्ममा पट्कथा, सम्वाद हिमाल उप्रेती सुशिल पोखरेल र अरुण खड्काको रहेको छ । यस अगाडि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित