Rashtriya Dainik

सिपमुलक सिलाई कटाईमा सहभागिहरुलाई कपडा बितरण

नन्दु यादव /चैत १९, पश्चिम नवलपरासी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ७मा सन्चालित सिपमुलक सिलाईकटाई तालिमका सहभागिहरुलाई अाज कपडा बितरण गरिएकाे छ ।मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत सन्चालनमा रहकाे तालिमा सहभागी २४जनालाई कपडा बितरण गरिएकाे जनजागृति अपाङ सस्था गुठिप्रसाैनीका अध्यक्ष बच्चा राय ले जानकारी दिनु भयाे ।

३ महिने सिलाई कटाई तालिममा सहभागिकाे लागि ड्रेस स्वरुप कपडा बितरण गरिएकाे हाे ।

सस्थाका अध्यक्ष बच्चा रायकाे सभापतित्व तथा मुख्यमन्त्री ग्रामीण बिकासका मनाेनित प्रदेश सदस्य प्रदिप सिह काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा मुख्य मन्त्री ग्रामीण बिकासका कार्यक्रम प्रमुख हाेमनाथ भण्डारी ,प्रशिक्षक किरन सहानी लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि प्रदिप सिहले ग्रामीण क्षेत्रमा बसाेबास गरेका महिला हरुलाई स्वराेजगार बनाउने लक्ष्यले तालिम सन्चालन गरिएकाे बताउनु भयाे ।तालिमले महिला हरुलाइ अात्मनिर्भर बनाउने काममा सहयाेग हुने बताईएकाे छ ।अाउने दिनमा थप नया याेजना सन्चालन गरिने वहाले प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित