Rashtriya Dainik

ब्लुमिङ्ग बड्सका ५० विद्यार्थीलाई भित्ते पत्रिका प्रकाशन सम्बन्धी तालिम

आरपी उपध्याय / नवलपरासी ३ भदौ

ब्लुमिङ्ग बड्स बोर्डिङ्ग स्कुल विनयी त्रिवेणी ६ नवलपुरको आयोजनामा बाल भित्ते पत्रिका प्रकाशन सम्बन्धि तीन दिने तालिम बुधबार सम्पन्न भएको छ।
विद्यार्थीहरुमा रहेको सृजनशीलता प्रतिभालाई उजागर गर्ने उद्देश्यले विद्यालयका ५० जना छात्रछात्राहरुलाई तालिममा सहभागीता गराइएको थियो।
विद्यालयका प्रधानाध्यापक सन्तोष कुमार रौनियारको अध्यक्षतामा आयोजित तालिमको प्रमुख अतिथि विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले विद्यार्थीहरुलाई किताबी शिक्षा मात्र नदिएर भित्ते पत्रिका प्रकाशन सम्बन्धि ज्ञान दिई विद्यालयले रचनात्मक कार्यको थालनी गरेको बताउनुभयो।
प्रमुख अतिथि शाहले बालबालिकाद्वारा प्रस्तुत सामाग्रीबाट विषयवस्तुको प्रारम्भिक ज्ञान प्राप्त भएको महसुस गराएको छ भने यो कार्यलाई भविष्यमा थप निरंतरता दिने धारणा पनि राख्नुभयो।
कार्यक्रममा विद्यालयका प्र.अ. रौनियारले विद्यालयमा नयाँ सीप र ज्ञानलाई विद्यार्थी समक्ष पुर्याउन सकिए त्यसको नतिजा पनि संतोषजनक आउने धारणा राख्दै ग्रामीण भेगमा स्थपना भएका बोर्डिङ्ग स्कुलबाट पनि गुणस्तरीय शिक्षा प्रदान गरेर अभिभावक वर्ग र समाजलाई सन्तुष्ट पार्ने अभियानमा आफुहरु लागेको धारणा राख्नु भएको थियो।
कार्यक्रममा पत्रकार आर.पि.उपाध्याय, प्रशिक्षक समेत रहनु भएका नेपाल टेलिभिजनका प्रतिनिधि कुस्माखर ढकाल, विद्यालयका शिक्षक सन्तोष थापा मगर सहभागी विद्यार्थीहरु अन्वेशा थापा,समृद्धि राना लगायतले आफ्नो अनुभव सहितको प्रतिक्रिया मन्तव्य राख्नुभएको कार्यक्रम सञ्चालक समेत रहनु भएकी शिक्षिका प्रकृति आचार्यले जानकारी दिनुभएको छ।
भाद्र १ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको भित्ते पत्रिका प्रकाशन सम्बन्धि तालिममा विद्यार्थीद्वारा तयार पारिएको सम्पादकीय सहित विभिन्न समाचारहरु प्रदर्शन गरिएको पनि आयोजकले बताएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित