Rashtriya Dainik

सुस्ता गाउँपालिकाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, शाखागत प्रगति विवरण प्रस्तुत

आरपी उपध्याय / नवलपरासी

सुस्ता गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समिक्षा कार्यक्रम शुक्रबार पालिका सभा हलमा सम्पन्न भएको छ।
वार्षिक समिक्षा कार्यक्रममा पालिका अन्तर्गतका विभिन्न शाखाहरुले गत वर्षमा गरेको शाखागत प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए।
सुस्ता गाउँपालिका अन्तर्गतका शिक्षा, स्वास्थ्य,महिला तथा बालबालिका,कृषि,पशु योजना र लेखा शाखाका प्रमुखहरूले आफ्नो शाखाबाट गरिएको प्रगति विवरण सहितको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।
सो अवसरमा लेखा शाखा प्रमुख राजु सुवेदी, शिक्षा शाखा प्रमुख चन्द्रबहादुर ठाडा मगर, महिला तथा बालबालिका शाखा प्रमुख सावित्रा आले,स्वास्थ्य शाखा प्रमुख केशरी भट्टराई,पशु शाखा प्रमुख संगम बजगाई, योजना शाखा प्रमुख विष्णुप्रसाद ढकालले आफ्नो शाखामा भएको कार्य प्रगति विवरण प्रस्तुत गर्नुभयो।
शाखा प्रमुखहरुले आफ्नो शाखा अन्तर्गत प्रगति विवरण,लक्ष्य,उद्देश्य र चुनौती बारे पनि जानकारी गराउनु भएको कार्यक्रम सञ्चालक विजय अधिकारीले जानकारी दिनुभएको छ।
सुस्ता गाउँपालिका अध्यक्ष टेक नारायण उपाध्यायको अध्यक्षतामा आयोजित कार्यक्रममा अध्यक्ष उपाध्यायले जनताको माग बमोजिम पुरै योजना दिन नसके पनि आवश्यकता अनुसारको माग सम्बोधन गरिएको जानकारी गराउदै पालिका अन्तर्गतका शाखा प्रमुखहरुले प्रस्तुत गरेको प्रगति विवरणमा नागरिकका अधिकांश मागहरु समेटिएको विचार व्यक्त गर्नुभयो।
कार्यक्रममा सुस्ता गाउँपालिका १ का वडा अध्यक्ष अशोक चौधरीले टोल,बस्तीमा गएर उपभोक्ता समिति गठन गरी आएको योजनाले सम्बन्धित वडाका सबै नागरिकको माग सम्बोधन गरेको बताउनु भएको थियो।
सो अवसरमा नेपाली काङ्ग्रेस सुस्ता गाउँपालिका का कार्यवाहक सभापति नारायण पाण्डे,ने.क.पा. का प्रदेश सदस्य दिर्घजीवी पोख्रेल लगायतले समिक्षा कार्यक्रममा प्रस्तुत भएका विषयवस्तु बारे आफ्नो प्रतिक्रिया मन्तव्य व्यक्त गर्नुभएको जानकारीमा आएको छ।
कार्यक्रममा वडा न.१,२.५ का वडा अध्यक्षहरु,कार्यपालिका का सदस्यहरु र शाखा प्रमुखहरुको सहभागिता रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित