Rashtriya Dainik

गण्डक ब्यारेज क्षेत्रमा अवैध धन्दा र लागू औषध नियन्त्रण गर्न सुरक्षा निकाय र जनप्रतिनिधि बीच छलफल

आरपी उपध्याय / त्रिवेणी ३ भदौ

पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ मा सिमा सहजीकरणको त्रैमासिक बैठक सम्पन्न भएको छ।
विनयी त्रिवेणी वडा न.७ का वडा अध्यक्ष उमेश कार्कीको अध्यक्षतामा बैठक आयोजना गरिएको थियो।
बैठकमा सिमावर्ती क्षेत्रमा हुने विभिन्न किसिमका गतिविधि माथि निरीक्षण,अनुगमन र सचेतनामूलक कक्षा सञ्चालन गर्ने निर्णय भएको छ।
त्यसैगरी सिमावर्ती क्षेत्रमा लागू औषध ओसारपसार तथा अवैध धन्दा नियन्त्रण सहित विपदजन्य घटना न्यूनीकरणको तयारी गरिने र सिमा सहजीकरण समितिका पदाधिकारीहरुलाई अवैध गतिविधि सम्बन्धि सुचना प्राप्त भएमा सशस्त्र प्रहरी बल नेपाललाई तत्काल जानकारी गराउने बारे निर्णय भएको हो।
बैठकमा सशस्त्र प्रहरी बल नेपाल ३१ न. गुल्म अन्तर्गत त्रिवेणी बिओपी प्रमुख ध्रुव प्रसाद भट्ट, ई.प्र.का. त्रिवेणीका वरिष्ठ स.ई. सुरेस पाल,वडा न.७ का वडा सदस्य सहित सिमा सहजीकरणका सदस्यहरुको पनि उपस्थिति रहेको थियो।
बैठकमा विनयी त्रिवेणी ७ गण्डक ब्यारेज नाका आसपासका इलाकामा हुने र हुनसक्ने गतिविधि बारे सुरक्षा अधिकारीहरुलाई जानकारी गराइएको छ।
सो अवसरमा नारायणी नदीमा चल्ने मोटर जडान,डुङ्गा बारे पनि सहभागीहरुले सुरक्षा निकायका स्थानीय अधिकारी समक्ष जिज्ञासा राख्दै लागू औषध र सेवनकर्ताको आवतजावतमा भएको वृद्धि बारे चिन्ता व्यक्त गर्दै ब्यारेज पुलमा बढेको अव्यवस्थित बस र अटो पार्किङले सुरक्षा चुनौती बढाएको बारे पनि जानकारी गराइएको थियो।
बैठकमा सुरक्षा अधिकारीहरुले जनप्रतिनिधि, नागरिक समाज,सहजीकरण समितिका पदाधिकारीहरुको सामुहिक सहयोगबाट त्यस्ता खाले गैरकानुनी कार्य रोक्न प्रतिक्रिया दिनुभएको बुझिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित