मुक्ती तिवारी
टोल बिकास सस्थाको क्षमता अभिवृद्धीका लागि बर्दघाट नगरपालिका वडा नम्बर १४ ले वडा भित्र रहेका टोल बिकास सस्थाका प्रतिनिधिहरुलाई बिहिबार अवलोकन भ्रमण गराउनुका साथै अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ।
वडा नम्बर १४ भित्र रहेका १४ वटा टोल बिकास सस्थाका पदाधिकारीहरुलाई वडाले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर १ भित्र टोल बिकास सस्थाले गरेका बिकास निर्माण लगायत विभिन्न सामाजिक कृयाकलापका बारेमा जानकारी गराउनुका साथै टोल बिकास सस्थाहरुले गरेका कामहरुका बारेमा स्थलगत अवलोकन गराईएको थियो।

वडा नम्बर १४ ले अवलोकनका क्रममा बुटवलको बनबाटिकामा एक कार्यक्रमको आयोजना गरि तिलोत्तमा नगरपालिकाका टोलबिकास सस्थाका प्रतिनिधिहरु र आफ्ना टोल बिकासस सस्थाका प्रतिनिधिहरु बिच अन्तर्कृयात्मक तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।वडा सदस्य एवम कार्यपालिका सदस्य बुद्दिमाया सुनारको अध्यक्षता मा सन्चालन गरिएको कार्यक्रममा तिलोत्तमा नमुना टोलका प्रतिनिधि बालकृष्ण भन्डारी,शान्तिमार्ग टोलका प्रतिनिधि डिल्लिराम कंडेल ले सहजीकरण गर्दै टोल बिकास सस्थाका काम कर्तव्य र क्षेत्राधिकार माथी प्रकाश पार्नु भएको थियो।

कार्यक्रममा बर्दघाट १४ का वडा सदस्य मन्जु पान्डे,टेकनारायण नवल्पुरिया थारु लगायत विभिन्न टोल बिकास सस्थाका प्रतिनिधि सहित १२० जनाको सहभागीता रहेको थियो।तिलोत्तमा नगरपालिका नेपालकै उत्कृष्ट नगरपालिकाको रुपमा घोषित नगर भएको हुदा त्यहाका बिकास निर्माण सामाजिक क्रियाकलापले सहभागी हरुलाई सिकाईको अवसर मिल्ने बिस्वास लिएको वडा सचिब टङ्कनाथ भण्डारीले बताउनु भयो।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

