लैङ्गिक हिसां न्यूनीकरण नहुनुमा सामाजिक परम्पराहरु पनि मुख्य कारण रहेको एक कार्यक्रममा सहाभागिहरुले बताएका छन ।आज सन्धिखर्कमा गरिएको लैङ्गिक हिंसा न्यूनीकरणका लागि योजना तर्जुमा सम्बन्धी छलफल कार्यक्रममा उनिहरुले एस्तो बताएका हुन ।
सन्धिखर्क नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा लिङ्गका आधारमा हुने हिसांका बारेमा छलफल गरिएको थियो ।
सन्धिखर्क नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गरिएको कार्यक्रममा सहजीकरण गर्दै संचारकर्मी अमृता अनमोलले लैङ्गिक हिसांका मुख्य कारणहरुका बारेमा प्रष्ट पारिन ।
छलफल कार्यक्रममा बिशेष प्रस्तुती दिदै उनले हाम्रा परम्परा तथा पर्थाहरु हिसांका मुख्य कारक तत्व रहेको बताइन ।

सन्धिखर्क नगरपालिकाले लैङ्गिक हिसां न्यूनीकरण सम्बन्धी रणनीति बनाउन लागेको सन्दर्भमा केही सुझाब मिल्ने अपेक्षाले उक्त कार्यक्रम गरिएको थियो ।
नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सभापतित्व उप प्रमुख ठाकुर कुमार बि.क. ,प्रमुख अथितिमा नगर प्रमुख कमल प्रसाद भुसाल ,बिशिस्ट अथिती प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटा ,सहायक जिल्ला अधिकारी बिक्रम थापा ,विभिन्न संघ सस्थांका प्रतिनिधिहरु बालक्लबका प्रतिनिधिहरु सृजनशिल अपाङ्ग समुहका प्रतिनिधि , पत्रकार , समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

