कास्की जिल्लाको पोखरामा बालहितकारी परियोजना नेपाल(CWSN)को आयोजना र किडाशाको सहयोगमा पो.म.न.पा. स्तरीय बालसंरक्षण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बाल हितकारी परियोजना नेपालका अध्यक्ष गोविन्दराज पहारीको अध्यक्षतमा भएको कार्यक्रममा पो.म.न.पा. का नगर उप प्रमुख मञ्जु देवि गुरुङ आतिथ्यतामा भएको कार्यक्रममा परियोजनाको कार्यक्षेत्र रहेका १० वडाका वडाअध्यक्ष तथा जनप्रतिनिधि, विधायनसमिति र सामाजिक विकास समिति संयोजकको सहभागीता रहेको थियो ।
कार्यक्रममा बालसंरक्षणमा CWSN बाट भएका गतिविधिहरु, बालसंरक्षणमा प्राप्त सुझाव, वडातहमा बालसंरक्षण समिति गठन, त्यसको काम कर्तव्य र बालबालिका सम्पर्क व्यक्तिको आवश्यकता विषयमा CWSN का केशब पौडेल र पोमनपा सामाजिक विकास निर्देशक निर्मला शर्माले प्रस्तुतिकरण गर्नुभएको थियो ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

