Rashtriya Dainik

मानवअधिकार कर्मी सुनिता साहद्वारा गरिब बस्तीमा सहयोग

अर्जुन शाह/ राजविराज ,१५ चैत

राजविराज नगरपालिकामा हाेलिकाे शुभकामना सहित खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

राजविराज नगरपालिका वडा नं -६ डोम बस्तिका अर्जुन मरिककाे र काजल मरिककाे अार्थिक अवस्था निकै दयनीय रहेको छ। लकडाउनका कारण बेघर भइ तत्कालीन उपेन्द्र मरिकको घरमा उनी सहारा लिई बसि रहेकि छिन ।

दैनिकी गुजारा गर्न समस्या भईरहेको खबर सुनेपछि समाजिक अभियनता तथा मानअधिकारकर्मी सुनिता साहले पिडित परिवारलाई शनिबार उनकै घर पुगेर खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

अति विपन्न काजल मरिकलाई २५ किलो चामल, १ किलो नुन, आधा लिटर खाने तेल र आधा किलो सुवाबिन लगायतका सामग्री दिनुभएको हाे ।

साहले होलिको अवसरमा मरिक परिवारलाई एक सेट साडी र आधा किलो लडु र अविर लगाएर हिन्दू हरुको महान चाड पर्वकाे शुभकामना दिनुभएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित