उमेश बि.क / १५ चैत
थारु भाषाकाे गित ” बन्जाव न माेर सजन” बाेलकाे म्युजिक भिडियो सार्वजनिक भएको छ । “ND Studio The Story Maker ” युट्युब च्यानल मार्फत शनिबार गित सार्वजनिक गरिएको हो ।
पाच मिनेट तिस सेकेन्डकाे यस गितमा सर्वाधिक लाेकप्रिय गायिका अन्नु चाैधरीले र लाेकप्रिय गायक सरगम चाैधरीले स्वर दिएका छन् । गितकाे म्युजिक भिडियोमा मुख्य भूमिकामा टिकटक स्टार रमेश चौधरी र भीष्मा प्रतिज्ञाकाे बेजाेड प्रस्तुति रहेकाे छ।
ड्रिम्स रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड गरिएको उक्त गितको छायांकन कपिलवस्तु र रुपन्देहीको विभिन्न पर्यटकीय तथा रमणीय स्थानमा गरिएको हाे । गितकाे छायाँकन लक्षमन चाैधरीले गरेका छन् भने म्युजिक भिडियाेकाे निर्माता प्रतिमा चाैधरी तथा निर्देशन एवम् काेरियाेग्राफी अादर्श महताेले गरेका हुन् ।

मानिसकाे लागि गाँस बाँस कपास अावश्यक रहे जस्तै माया महत्त्वपूर्ण अावश्यकता हाे । प्राया युवा अवस्थामा चाहे केटि हाेस या केटा एक अर्काप्रती अाकर्षण हुने गर्दछन । काेहि काेहिलाई त एक नजरमा माया बसिसकेको हुन्छ । माया प्रेम हरेक ब्यक्तिकाे अावश्यकता रहेको हुन्छ, जब कसैलाई कसैशीत माया बस्छ तब उ उसैसित समय विताउन चाहन्छ र उसको जिन्दगी बनिसकेको हुन्छ । उ बिन जीवन निरास लाग्न थाल्छ । उसंग समय बिताउन देखि जीवन अान्नदायि बनाउन थुप्रै सपना सजायको हुन्छ । यस्तै प्रसंग जाेडिएर गित तयार पारिएको गायक सरगम चौधरीले बताउनु भएको छ ।
थारु समुदायको कला संस्कृति जर्गेना तथा कला क्षेत्रमा फरक पहिचान दिलाउन याे भिडियो विशेष माध्यम बन्ने गायक चौधरीले बताएका हुन ।
हेर्नुहाेस् भिडियाे . . . . .
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

