Rashtriya Dainik

नवलपरासी क्षेत्र नं. २ कांग्रेसमा भिडन्त : बैजनाथ–प्रेम–गजानन्द मैदानमा, सचिवमा कुश्माखर

राष्ट्रिय दैनिक /नवलपरासी ,१३ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. २ नवलपरासी (ब.सु.प.) को क्षेत्रीय अधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी घोषणा गरिएको छ।

क्षेत्रीय अधिवेशनमा बैजनाथ जैसवाल प्रतिनिधिसभा क्षेत्र नं. २ को सभापति पदका उम्मेदवारका रूपमा प्रस्तुत भएका छन्। त्यस्तै कुश्माखर चापागाई (कुसुम) सचिव पदका उम्मेदवार रहेका छन्।

प्रदेशसभा क्षेत्रतर्फ पेऊ नारायण न्यौपाने (प्रेम) प्रदेशसभा क्षेत्र नं. २ ‘क’ को सभापति पदका उम्मेदवार तथा गजानन्द पटेल प्रदेशसभा क्षेत्र नं. २ ‘ख’ को सभापति पदका उम्मेदवारका रूपमा अघि सारिएका छन्।

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं. २ को कार्यसमितिका लागि सभापतिमा बैजनाथ कलवार, सचिवमा कुश्माखर चापागाई (कुसुम), सह–सचिवमा उपेन्द्र गुप्ता र अनिता दवाडी तिवारी उम्मेदवार रहेको सूची सार्वजनिक भएको छ।

कार्यसमिति सदस्यतर्फ क्षेत्र ‘क’ खुलामा गणेशराज भट्ट र भगवन्दलाल गुप्ता, महिला तर्फ उषा बञ्जाडे तथा क्षेत्र ‘ख’ खुलातर्फ सन्तोष गुप्ता र हेमन्त कुमार कानु उम्मेदवार छन्। क्षेत्र ‘ख’ महिला तर्फ रचना पौडेल उम्मेदवार रहेकी छन्।

युवा महिला तर्फ शशि प्रभा सिंह ठाकुर, युवा खुलातर्फ रामकमल कोइरी, खुलातर्फ शत्रुधन अग्रहरी, प्रेम सागर चौधरी र दिपकराज गुप्ता, मधेसी खुलातर्फ प्रमोद यादव अहिर, थारुतर्फ संगीता देवी चौधरी, खस आर्यतर्फ नेत्रलाल शर्मा तिवारी, आदिवासी तर्फ घनश्याम मकवानी तथा दलिततर्फ उमेश वि.क. उम्मेदवार रहेका छन्।

उम्मेदवारहरूले आफ्नो समूह तथा टिमका तर्फबाट मतदातासँग समर्थनको आग्रह गर्दै “राष्ट्रियता, लोकतन्त्र, समाजवाद” लाई मूल आदर्शका रूपमा अघि सारेका छन्।

उम्मेदवारहरूले मतदातालाई सम्बोधन गर्दै “तपाईंहरूको अमूल्य मतको अपेक्षा गर्दछौँ, जय नेपाल” भन्ने अपिलसमेत गरेका छन्।

कांग्रेसको क्षेत्रीय अधिवेशनसँगै क्षेत्र नं. २ मा नेतृत्व चयनको राजनीतिक सरगर्मी बढेको छ। विभिन्न पदमा उम्मेदवारी घोषणा भएसँगै निर्वाचन परिणामप्रति कार्यकर्ता तथा प्रतिनिधिहरूको चासोसमेत बढेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित