राष्ट्रिय दैनिक /नवलपरासी ,१३ असाेज
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतिनिधिसभा क्षेत्र नं. २ मा भोलि महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान हुँदैछ। क्षेत्र नं. २ को अधिवेशनमा विभिन्न क्लस्टरबाट उम्मेदवारहरू मैदानमा उत्रिएसँगै परासीको कांग्रेस राजनीति थप चासोको विषय बनेको छ। स्थानीय स्रोतका अनुसार मतदान असोज १४ गते हुने कार्यतालिका छ।
यसैबीच नेपाली कांग्रेसका नेता भीमबहादुर थापा ‘भरत’ पक्षबाट महाधिवेशन प्रतिनिधिका लागि विभिन्न क्लस्टरमा उम्मेदवारहरू अघि सारिएका छन्। उपलब्ध नामावलीअनुसार खुला, महिला, युवा, समावेशी तथा समानुपातिकतर्फ उम्मेदवारहरू रहेका छन्।
खुलातर्फ
राधेश्याम पाठक, विष्णु प्रसाद पौडेल, अर्जुन कुमार पोखरेल, भिमबहादुर थापा (भरत), लालबहादुर सेन ठकुरी, यज्ञ प्रसाद पौडेल, मोहन प्रसाद शर्मा, राधेश्याम चौधरी, गिरिश पाण्डे र ओम प्रकाश यादव उम्मेदवार रहेका छन्।
महिला खुलातर्फ
दुर्गा कोइराला, ज्योती ढकाल पराजुली, आराधाना भट्ट, सरस्वती थापा र महिला थारूतर्फ द्रोपती थरुनी उम्मेदवार छन्।
युवातर्फ
युवा खुलाबाट अमृत ढकाल र प्रविन थापा तथा युवा महिलातर्फ लक्ष्मी बस्याल (पौडेल) उम्मेदवार छन्।
समावेशी क्लस्टरतर्फ
अपांगतातर्फ सोम गुरुङ्ग, अल्पसंख्यकतर्फ शिव शंकर राय, दलिततर्फ रने सार्की, प्रजातन्त्र सेनानीतर्फ संजय यादव, पेशागततर्फ विक्रम प्रसाद यादव तथा श्रमिकतर्फ गोपी पुन उम्मेदवार रहेका छन्।
समानुपातिकतर्फ
दलितबाट हिरालाल हरिजन, जनजातिबाट कृष्ण नारायण श्रेष्ठ, खसआर्य खुलाबाट विष्णु सुवेदी, खसआर्य महिलाबाट मन्जु खत्री, मधेसीबाट रामनगिना सिंह र राजेश यादव, महिला मधेसीबाट प्रिती कुमारी अग्रहरी, थारू खुलाबाट कृपा कौशल चौधरी तथा मुस्लिमबाट अमिरुल्लाह मिया उम्मेदवार रहेका छन्।
क्षेत्र नं. २ को अधिवेशनमा महाधिवेशन प्रतिनिधि चयनका लागि हुने मतदानले आगामी कांग्रेस महाधिवेशनका लागि क्षेत्रको प्रतिनिधित्व टुंगो लगाउनेछ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनको निर्वाचन प्रक्रिया अघि बढाइरहेको छ।

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

