Rashtriya Dainik

नवलपरासी कांग्रेस क्षेत्र नं. २ मा मतदान मिति परिवर्तन, अब असोज १५ गते मतदान

राष्ट्रिय दैनिक /नवलपरासी ,१४ असाेज

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) प्रतिनिधिसभा क्षेत्र नं. २ का प्रदेशसभा क्षेत्र २(क) र २(ख) को मतदान कार्यक्रम एक दिन पछि सरेको छ।

सहायक जिल्ला निर्वाचन अधिकृत लक्ष्मण प्रसाद यादवद्वारा जारी सूचनाअनुसार प्राविधिक कारणले पूर्वनिर्धारित २०८३ असोज १४ गते बिहान १० बजेदेखि हुने भनिएको मतदान कार्यक्रम स्थगित गरिएको हो।

अब उक्त मतदान २०८३ असोज १५ गते बिहान १० बजेदेखि परासी क्याम्पसमा हुने जनाइएको छ।

निर्वाचन कार्यालयले मतदानको मिति परिवर्तन भएको जानकारी दिँदै सम्बन्धित मतदाता, उम्मेदवार तथा सरोकारवालालाई संशोधित कार्यतालिकाअनुसार तयारी गर्न आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित