Rashtriya Dainik

कांग्रेस १५औँ महाधिवेशन : खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिमा मोहन प्रसाद शर्माको उम्मेदवारी

राष्ट्रिय दैनिक / नवलपरासी ,१३ असाेज।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट खुल्ला तर्फ महाधिवेशन प्रतिनिधि पदमा मोहन प्रसाद शर्माले उम्मेदवारी दिएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसको संगठन तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका शर्मा यसपटक खुल्ला तर्फ महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएका हुन्।

शर्माले २०४८ सालको संसदीय निर्वाचनमा क्षेत्र नम्बर ४ को सचिवको जिम्मेवारी निर्वाह गरेका थिए। त्यसपछि नेपाल शिक्षक संघ तथा नेपाल शिक्षक युनियनमा समेत सक्रिय भूमिका निर्वाह गरेका शर्मा दुवै संस्थाको तीन कार्यकाल गरी करिब १४ वर्ष जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका थिए।

शिक्षक संगठनको नेतृत्वमा रहँदा विवादरहित ढंगले जिम्मेवारी निर्वाह गरेको बताइने शर्मा नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधिसमेत हुन्।

त्यस्तै, शर्मा नेपाली कांग्रेसको केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्। लामो राजनीतिक तथा संगठनात्मक अनुभव बोकेका शर्मा पछिल्लो समय नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यका लागि सम्भावित बलियो उम्मेदवारका रूपमा चर्चामा रहेका छन्।

राजनीतिक तथा सामाजिक जीवनमा सक्रिय शर्मा राजनीति, सामाजिक तथा आर्थिक क्षेत्रमा देखिने पूर्वाग्रही आचरण र भ्रष्टाचारप्रति शून्य सहनशीलताको मान्यता राख्दै आएको बताउँछन्। पार्टीभित्र पारदर्शिता, सुशासन, संगठनात्मक एकता र कार्यकर्ताको सम्मानलाई प्राथमिकता दिनुपर्ने उनको धारणा छ।

शर्माले कांग्रेसको संगठनलाई थप सुदृढ र एकताबद्ध बनाउँदै कार्यकर्ताको भावना तथा जनताको अपेक्षालाई पार्टीको नेतृत्व तहसम्म प्रभावकारी रूपमा पुर्‍याउन आफ्नो भूमिका रहने बताएका छन्।

लामो राजनीतिक अनुभव, संगठनात्मक जिम्मेवारी तथा महाधिवेशन प्रतिनिधिका रूपमा निर्वाह गरेको भूमिकालाई आधार बनाउँदै शर्मा यसपटक पुनः महाधिवेशन प्रतिनिधिको मैदानमा उत्रिएका हुन्। उनको उम्मेदवारीसँगै क्षेत्र नं. २ को खुल्ला तर्फको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित