नवलपरासी , महेश यादव १४ चैत
पश्चिमी नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ गाेबरहियामा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको छ।
कालिका संवाद केन्द्रकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे सहकार्यमा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको हाे ।

कालिका संवाद केन्द्रका एस एस टि सदस्य शान्ति चाैधरीकाे अध्यक्ष्ाता तथा सरावल गाउँपालिका वडा नम्बर ४का वडा सचिव अशाेक कुमार पाण्डेयकाे प्रमुख अतिथता र समाजसेवी सुखाडि प्रसाद चाैधरीकाे बिशिस्ट अतिथतामा लागु पदार्थ बिरुद्ध मञ्चिय नाटक कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि पाण्डेयले समुदायमा दिन प्रतिदिन लागू पदार्थ सेवान गर्नेहरुकाे संख्या बढदै गरेको छ । लागू पदार्थ सेवन गरेर ब्यक्तिहरुले अाफ्नाे परिवार , समाज र टाेललाई पनि खराब बनाउनुका साथै लागू पदार्थ सेवन गरेर अाफ्नाे जीवन लाई समेत धाेवस्त पारेका छन । त कतिपय ले लागु अाैसधकाे सिकार भई घर परिवार र अाफ्नाे छाेरा छाेरिहरुकाे जीवन लाई खराब बनाई रहेको छन । लागु पदार्थ सेवन गर्नकाे लागि मनिसहरुले अाफ्नाे जग्गा जमिन घर बचेर घर बिहिन भएका पनि देखिन्छ । र साे समस्या लाई समाधान गर्न र समुदायमा जनचेतना जगाउनकाे लागि सम्पूर्ण जनालाई एकजुट भएर लाग्नु पर्ने बताउनुभएको थियोे ।

साे अवसरमा बाेल्दै विशिष्ट अतिथि चाैधरीले समुदायमा बसाेबास गरेका मानिस तथा बालबालिकाहरुले अामा बुबाको देखा सिखि र साथिहरुकाे लहलैईमा पनि लागू पदार्थ सेवन गरिरहेका छन त कतिपयले मानशिक तथा परिवारक तनावले पनि लागू पदार्थ सेवन गर्ने गरेका छन । त्यस्ता समस्या लाई नियुनिकरण गर्नकाे लागि हामिले अाफ्नाे घर देखि समुदायमा नै जनचेतना जगाउन जरुरि रहेको बताए । साथै लागू पदार्थ मुक्त समाज निमार्ण गर्नकाे लागि सबै भन्दा पहिला अाफ्नाे घर परिवारलाई लागू पदार्थ मुक्त बनाउनु पर्ने बताउदै अायाेजक समूह र नाटक टाेलिलाई धन्यवाद समेत दिनुभएको थियोे ।

कार्यक्रममा बाेल्दै अध्यक्ष चाैधरीले लागू पदार्थ सेवन गर्ने ब्यक्तिहरुलाई स्थानीय तहले करवाहि गर्नु पर्ने अावश्क भएको बताईन । साथै गाउँ टाेलमा अबैध रुपले लागू पदार्थ बिक्रीवितरण गरिरहेको दारु भढ्ढि र मदिरा पसलहरु बन्द गर्नुका साथै त्यसता बिक्रीवितरण गर्ने ब्यक्तिहरुलाई समेत कारवाहि गर्नुपर्ने बताउदै लागू पदार्थ सेवन नगर्न अाग्रह गर्नुभयो ।

कालिका संवाद केन्द्रकि किशोरी शिखा चाैधरीकाे स्वागत मन्तव्य बाट सुरुभएकाे कार्यक्रममा संवाद केन्द्रका एस एस टि सदस्य कुमार चाैधरी , रन्जना चाैधरी , उर्मिला चाैधरी र सन्तोष चाैधरी लगायतकाे अतिथिहरुकाे उपस्थित रहेको थियो । कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम सञ्चालक पत्रकार महेश यादवले कार्यक्रमकाे विषय वस्तुहरुमाथि प्रष्ट समेत पार्नु भएको थियोे ।
राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

